नेभिगेशन
सबै कुरा

एनआईसी एसिया, नबिल, हिमालयन सहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा, सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दै एनएमबी

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक,  हिमालयन बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक छन् । 

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको थियो । सोहि कारण राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात कायम नगरेपछी कारवाहीमा परेको छ । राष्ट्र बैंकले  हिमालयन बैंकलाई १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना गरेको छ । 

एनएमबी बैंक

एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो । 

यस सम्बन्धी राष्ट्र बैंकबाट जारी निर्देशन तथा कार्यविधी विपरित काम गरेपछी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई  कारवाही स्वरुप राष्ट्र बैंकले सचेत गराएको छ । 

 एनआईसी एसिया बैंक

यस्तै एनआईसी एसिया बैंकका सिइओ र सञ्चालक समितिनै कारवाहीमा परेका छन् ।  एनआईसी एसिया बैंकले पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेको पाइएको छ । 

एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को (८) मा उल्लेखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बैंकले निर्देशनविपरीत ब्याज बढाएको, क्यापिएडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी  रिपोर्टिङ समेत गलत गरेको पाईएको छ । 

यी दुवै कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।

नबिल बैंक

कारवाहीमा पर्नेमा नबिल बैंक पनि रहेको छ । 

नबिल बैंकले निर्देशनविपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क (कर्जा प्रशासनिक शुल्क) लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको लगायत कसुर गरेको राष्ट्र बैंकले जनाएको छ । 

यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशनविपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५) अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटकपटक वृद्धि गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

यसकारण राष्ट्र बैंकले सिटजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

जेनजी आन्दोलनमा क्षति भएको संरचना पुर्ननिर्माण गर्न नेशनल लाईफ इन्स्योरेन्सको १ करोड सहयोग

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत श्री खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं...
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए...
सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९...
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...