नेभिगेशन
सबै कुरा

एनआईसी एसिया, नबिल, हिमालयन सहित ६ बैंक राष्ट्र बैंकको कारबाहीमा, सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दै एनएमबी

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक,  हिमालयन बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लक्ष्मी सनराइज बैंक

Ncell
Extreme Energy

लक्ष्मी सनराइज बैंक सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको थियो । सोहि कारण राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । 

हिमालयन बैंक

हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात कायम नगरेपछी कारवाहीमा परेको छ । राष्ट्र बैंकले  हिमालयन बैंकलाई १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना गरेको छ । 

एनएमबी बैंक

एनएमबी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो । 

यस सम्बन्धी राष्ट्र बैंकबाट जारी निर्देशन तथा कार्यविधी विपरित काम गरेपछी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई  कारवाही स्वरुप राष्ट्र बैंकले सचेत गराएको छ । 

 एनआईसी एसिया बैंक

यस्तै एनआईसी एसिया बैंकका सिइओ र सञ्चालक समितिनै कारवाहीमा परेका छन् ।  एनआईसी एसिया बैंकले पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेको पाइएको छ । 

एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को (८) मा उल्लेखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बैंकले निर्देशनविपरीत ब्याज बढाएको, क्यापिएडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी  रिपोर्टिङ समेत गलत गरेको पाईएको छ । 

यी दुवै कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।

नबिल बैंक

कारवाहीमा पर्नेमा नबिल बैंक पनि रहेको छ । 

नबिल बैंकले निर्देशनविपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क (कर्जा प्रशासनिक शुल्क) लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको लगायत कसुर गरेको राष्ट्र बैंकले जनाएको छ । 

यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशनविपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५) अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटकपटक वृद्धि गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

यसकारण राष्ट्र बैंकले सिटजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।