नेभिगेशन
मुख्य समाचार

पछिल्लो ८ महिनामा नेपालीले फेसबुक तथा युट्युबबाट कमाए २ अर्ब बढी, विज्ञापनमा खर्चीए ७२ करोड

काठमाडौँ । नेपालबाट सामाजिक सञ्जालमा अडियो तथा भिडियो सामग्री पोष्ट गरेर पछिल्लो आठ महिनामा मात्रै सवा दुई अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । 

नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत साउनदेखि फागुन महिनासम्ममा यूट्युब, फेसबुक, टिकटकसहित डिजिटल मूभीुलगायत अडियो, भिडिओ र सम्बन्धित सेवाहरूबाट दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको छ । 
ब्याङ्कको तथ्याङ्कअनुसार साउनयताका आठ महिनामा औसतमा मासिक रूपमा ३५ करोड रुपैयाँ नेपाल भित्रिने गरेको छ।

CG

तर ति माध्यमा विज्ञापन तथा अन्य सेवाका लागि नेपालबाट आठ महिनामा ७२ करोड ७५ लाख बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो आठ महिनामा नेपालले डिजिटल माध्यमा कन्टेन्ट पोष्ट गरेर कुल १ अर्ब ५१ करोड  कमाएको छ । 
यस अघि पनि ठुलो रकम नेपालमा भित्रिने गरेको भएपनि राष्ट्र बैंकले भने अहिलेबाट मात्रै यसको विवरण अध्यावधिक गर्नलागेको जनाएको छ । 

गएको फागुन महिनामा मात्रै खास गरी यूट्यूब, फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमा अडिओ–भिडिओबाट २५ करोड ४७ लाख रुपैयाँ भित्रिएको र पाँच करोड १३ लाख रुपैयाँ बाहिरिएको देखिन्छ। यसरी उक्त महिनामा २० करोड ३४ लाख रुपैयाँ नाफा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक...
कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ ।...
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।