नेभिगेशन
समाज

पछिल्लो ८ महिनामा नेपालीले फेसबुक तथा युट्युबबाट कमाए २ अर्ब बढी, विज्ञापनमा खर्चीए ७२ करोड

काठमाडौँ । नेपालबाट सामाजिक सञ्जालमा अडियो तथा भिडियो सामग्री पोष्ट गरेर पछिल्लो आठ महिनामा मात्रै सवा दुई अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत साउनदेखि फागुन महिनासम्ममा यूट्युब, फेसबुक, टिकटकसहित डिजिटल मूभीुलगायत अडियो, भिडिओ र सम्बन्धित सेवाहरूबाट दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको छ । 
ब्याङ्कको तथ्याङ्कअनुसार साउनयताका आठ महिनामा औसतमा मासिक रूपमा ३५ करोड रुपैयाँ नेपाल भित्रिने गरेको छ।

Ncell
Extreme Energy

तर ति माध्यमा विज्ञापन तथा अन्य सेवाका लागि नेपालबाट आठ महिनामा ७२ करोड ७५ लाख बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो आठ महिनामा नेपालले डिजिटल माध्यमा कन्टेन्ट पोष्ट गरेर कुल १ अर्ब ५१ करोड  कमाएको छ । 
यस अघि पनि ठुलो रकम नेपालमा भित्रिने गरेको भएपनि राष्ट्र बैंकले भने अहिलेबाट मात्रै यसको विवरण अध्यावधिक गर्नलागेको जनाएको छ । 

गएको फागुन महिनामा मात्रै खास गरी यूट्यूब, फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमा अडिओ–भिडिओबाट २५ करोड ४७ लाख रुपैयाँ भित्रिएको र पाँच करोड १३ लाख रुपैयाँ बाहिरिएको देखिन्छ। यसरी उक्त महिनामा २० करोड ३४ लाख रुपैयाँ नाफा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ ।
अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ फड्को: १४औँ परीक्षणमा 'स्टारशिप' पहिलोपटक पृथ्वीको कक्षमा

अर्बपति एलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले एक महत्त्वपूर्ण ऐतिहासिक सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार सोमबार १४औँ परीक्षण उडानका क्रममा कम्पनीको विशाल रकेट स्टारशिप पहिलोपटक सफलतापूर्वक...
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक