नेभिगेशन
समाज

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

वीरगंज । वीरगंज नजिकैको सिमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उत्पादन गर्ने उद्योगमा भारतीय प्रहरीले ठूलो अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण र कच्चा सामग्री सहित चारजनालाइ पक्राउ गरेको छ । पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त गैरकानुनी उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै उत्पादनदेखि बेच्नेसम्मका चारजनालाइ पक्राउ गरिएको भारतिय प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोतिहारी जिल्ला प्रहरी कार्यालयको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो । प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतिय प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

पक्राउ परेका चार जना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको छ ।

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेमलगायत सामाग्री बरामद गरेको छ । 

Hatiyar-karkhana-raksaul-2-1744988708.jpg
यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फार्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरूबीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तीहरूलाइ सपलाइ गर्ने गरेको पता लागेको छ । 

यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतिय प्रहरीका अनुसार उत्पादित हातहितयार सेफ्टि भनेर लगिएपनी लुटपाट, हत्या, हिसाँ लगायत अपराधिक गतिविधिमा प्रयोग भएको जनाएको छ । 

यस्ता फ्याक्ट्रीहरूबाट उत्पादन हुने हतियारहरू भारत सहित विभिन्न व्यक्तिहरूबाट नेपाली भूमिमा समेत पुग्ने गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको बयान र कारखानाको स्थानले तस्कर समूहद्वारा नेपाली भू–भागमा पनि हतियार आपूर्ति भइरहेको हुन सक्ने आशंकामा बल पुर्याएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ । 

Hatiyar-karkhana-raksaul-1-1744988708.jpg
सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट निकै नजिक पर्छ र यहाँ यस्ता अवैध गतिविधि सजिलै लुकाउन सकिन्छ । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपालसहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यो नेटवर्कको उद्योग पता लागेको हो यस उद्योगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे अनुसन्धान भइरहेको छ । बरामद हतियार र उपकरणहरूलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ भने पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...