नेभिगेशन
सबै कुरा

टी–२० विश्वकप छनोट : नेपालले लियाे पहिलाे विकेट

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका तर्फबाट पहिलो ओभरको दोस्रो बलमा नै करण केसीले ओपनर आत्रिया दत्तालाई बोल्ड आउट गरेर विकेट लिएका हुन्। 

Extreme Energy

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियाे  । सिंगापुरका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

समूह ‘ए’ अन्तर्गतको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेकाे छ।

त्रिकोणात्मक सिरिजको फाइनल खेलेका टोलीको एक खेलाडी ललित राजवंशीको स्थानमा आज भने सन्दीप लामिछानेले खेल्ने छन् भने अन्य खेलाडी परिवर्तन भएका छैनन् । 

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।