नेभिगेशन
सबै कुरा
टी–२० विश्वकप छनोट :

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले लियाे पाचौँ विकेट

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले पाचौँ विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका तर्फबाट सन्दीप लामिछानेले १०.१ ओभरमा पाचौँ विकेट लिएका हुन्। उनले  जनक प्रकाशलाई आउट गराउँदै विकेट दिलाएका हुन् । जनक प्रकाशलाई सिंगापुरको राम्रो अलराउण्डरका रुपमा लिइएपनि उनले सन्दीपको गुग्लीलाई पिक गर्न नसक्दा आउट हुनुपरेको हो ।

Extreme Energy

टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालका तर्फबाट करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै ओपनर आरित्रा दत्तलाई बोल्ड आउट गरेर पहिलो विकेट लिएका थिए । 

त्यस्तै ६.५ओभरमा सन्दीप लामिछानेले सुरेन्द्रन चन्द्रमोहनलाई आउट गराउँदै दोस्रो विकेट लिएका थिए भने ७.१ ओभरमा गुल्सन झाको बलमा सन्दीप जोराले क्याच लिएर रोहन रेन्गाराजनलाई आउट गराउँदै नेपाललाई तेस्रो विकेट दिलाएका थिए । 

त्यस्तै गुल्सन झाले एकै ओभरमा अर्को विकेट दिलाउँदै चौथो विकेट लिएका थिए । उनले ७.५ ओभरमा चौथो विकेट दिलाएका थिए । 

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलअन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियो  । सिंगापुरका कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए।

समूह ‘ए’ अन्तर्गतको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ।

त्रिकोणात्मक सिरिजको फाइनल खेलेका टोलीको एक खेलाडी ललित राजवंशीको स्थानमा आज भने सन्दीप लामिछानेले खेलेका छन्

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनसँग ८ रनले हार्‍यो विराटनगर

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।