नेभिगेशन
सबै कुरा

भैरहवाको युनिभर्सल शिक्षण अस्पताल तीन सातादेखि अस्तव्यस्त, प्रिन्सिपलको राजिनामा मुख्य माग

भैरहवा । प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामासहित सातबुँदे माग राख्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी २४ दिनदेखि आन्दोलित छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलेज प्रशासनले ड्रेसकोड लागू गर्न खोजेपछि आफूहरूसँग परामर्श नगरी ड्रेसकोड लागू गरेको भन्दै विद्यार्थी आन्दोलीत भएका थिए ।

Ncell
Extreme Energy

आन्दोलनका कारण कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएसका विभिन्न तह गरेर ७ सय विद्यार्थीको पढाइ ठप्प छ भने अस्पतालमा आकस्मिकबाहेकको उपचार सेवा पनि रोकिएको छ । 

एक सय इन्टर्नसिप र डेढ सय जना रेजिडेन्स चिकित्सक रहेको अस्पतालमा असोज २२ देखि विद्यार्थीले कलेजका सबै विभागमा ताला लगाएका छन् । आन्दोलनमा अस्पतालमा कार्यरत सबै इन्टर्नसिप र रेजिडेन्ट आवासीय चिकित्सक पनि सहभागी छन् ।

प्रिन्सिपल पाठकले राजीनामा दिनुपर्ने वा उनलाई अन्यत्र स्थानान्तरण नगरिएसम्म वार्तामा नबस्ने अडानमा विद्यार्थीहरु छन् । 

आन्दोलनरत विद्यार्थीले ड्रेसकोडको विषय सहित कक्षा र प्रयोगात्मक अभ्यास नियमित नभएको, पुस्तकालय अपडेट नभएको, इन्टर्नसिपका चिकित्सकलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य अस्पतालमा दिने गरिएको पारिश्रमिक समान नभएको, बढी समय ड्युटीमा लगाउने गरिएको, मौका परीक्षाबाट वञ्चित गराएको, मन नपरेका विद्यार्थीलाई प्राक्टिकलमा फेल गरिएको लगायतका आरोप लगाउँदै आएका छन् । 

केही दिनअघि प्रिन्सिपल पाठकले फेसबुकमा विद्यार्थीले आफूलाई साता दिनसम्म अफिसमै बन्धक बनाएको स्टाटस सार्वजनिक गरेकी थिइन् । विद्यार्थीले कार्यकक्षमै नियन्त्रणमा राखेका प्रिन्सिपल पाठकलाई प्रहरीले गत असोज २८ मा नियन्त्रणबाट बाहिर निकालेको थियो । आन्दोलनरत विद्यार्थीले भने आफ्नो माग पूरा गराउन दबाबस्वरूप पाठकको कार्यकक्षमा धर्ना दिएको तर उनको कुनै पनि अधिकार हनन हुने खालको क्रियाकलाप नगरिएको दाबी गरेका छन् । 

दैनिक सरदर १ हजारभन्दा धेरै बिरामी उपचारका लागि आउने उक्त अस्पतालमा आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड