नेभिगेशन
समाज

राजावादी शक्ति बलियो छ भन्ने आधार के हो ?: नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजावादी शक्तिको आधारमाथि प्रश्न उठाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बजेट अघिवेशनमा दलको प्रतिनिधित्व गर्दै बोलेका प्रमुख सचेतक घिमिरेले भर्खरै भएको उपनिर्वाचनमा र विद्यार्थी संगठनको निर्वाचनमा समेत विभिन्न दलले बलियो उपस्थिति देखाएको बताउँदै राजावादी शक्तिमाथि उनले प्रश्न गरेका हुन् । 

Extreme Energy

उनले राजावादी दल राप्रपाको विद्यार्थी संगठनले १ विद्यालयमा मात्रै स्ववियु निर्वाचन जितेको बताउँदै उनले राजावादीको जनमत शहर र ग्रामिण भेगमा समेत नरहेको बताए । ‘हालै भएको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, मधेशवादी जस्ता परिवर्तनका पक्षधर दलहरुले नै नेपाली जनताको मत प्राप्त गरेको यथार्थ म स्मरण गराउन चाहान्छु । हालै भएको उपनिर्वाचनमा राजनीतिक दलहरु नै निर्वाचित भए । त्यतीमात्रै नभएर हालै भएको विद्यार्थी संगठनहरुको निर्वाचनमा पनि राजावादी दल राप्रपाको विद्यार्थी संगठनले ४२ विद्यार्थी पढ्ने एउटा मात्रै क्याम्पसमा निर्वाचन जित्यो ।’, प्रमुख सचेतक घिमिरेले भने, ‘न शहरी जनमत, न ग्रामिण जनमत, कुन आधारमा राजावादी शक्ति बलियो छ भनेर मान्ने ? यसको आधार के हो ?’

त्यस्तै उनले व्यवस्थाको चुनौती राजावादी शक्ति नभएको बताए । हालको व्यवस्थामा थुप्रै अधिकार उपभोग गरेका जनताले निरंकुशता वा दासत्वयुक्त शक्तिको पक्षपोषण नगर्ने समेत उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै