नेभिगेशन
समाज

राजावादी शक्ति बलियो छ भन्ने आधार के हो ?: नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजावादी शक्तिको आधारमाथि प्रश्न उठाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बजेट अघिवेशनमा दलको प्रतिनिधित्व गर्दै बोलेका प्रमुख सचेतक घिमिरेले भर्खरै भएको उपनिर्वाचनमा र विद्यार्थी संगठनको निर्वाचनमा समेत विभिन्न दलले बलियो उपस्थिति देखाएको बताउँदै राजावादी शक्तिमाथि उनले प्रश्न गरेका हुन् । 

Ncell
Extreme Energy

उनले राजावादी दल राप्रपाको विद्यार्थी संगठनले १ विद्यालयमा मात्रै स्ववियु निर्वाचन जितेको बताउँदै उनले राजावादीको जनमत शहर र ग्रामिण भेगमा समेत नरहेको बताए । ‘हालै भएको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, मधेशवादी जस्ता परिवर्तनका पक्षधर दलहरुले नै नेपाली जनताको मत प्राप्त गरेको यथार्थ म स्मरण गराउन चाहान्छु । हालै भएको उपनिर्वाचनमा राजनीतिक दलहरु नै निर्वाचित भए । त्यतीमात्रै नभएर हालै भएको विद्यार्थी संगठनहरुको निर्वाचनमा पनि राजावादी दल राप्रपाको विद्यार्थी संगठनले ४२ विद्यार्थी पढ्ने एउटा मात्रै क्याम्पसमा निर्वाचन जित्यो ।’, प्रमुख सचेतक घिमिरेले भने, ‘न शहरी जनमत, न ग्रामिण जनमत, कुन आधारमा राजावादी शक्ति बलियो छ भनेर मान्ने ? यसको आधार के हो ?’

त्यस्तै उनले व्यवस्थाको चुनौती राजावादी शक्ति नभएको बताए । हालको व्यवस्थामा थुप्रै अधिकार उपभोग गरेका जनताले निरंकुशता वा दासत्वयुक्त शक्तिको पक्षपोषण नगर्ने समेत उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...