नेभिगेशन
समाज

प्रशासनद्वारा कटारी बजार अनुगमन

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ । बजारमा अखाद्य वस्तु तथा म्याद गुर्जेका सामाग्रीहरु विक्री वितरण हुन सक्ने कुरालाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईलाका प्रशासन कार्यालय कटारीका अधिकृत डिल्ली मग्रातीको संयोजकत्वमा बजार अनुगमनको  गरिएको हो। अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय कटारी , जिल्ला प्रसाशन कार्यालय उदयपुर,घरेलु तथा साना उद्योग,
राष्ट्रिय अनुसंधान ,ईलाका प्रहरी कार्यालय , शसस्त्र प्रहरी वेश क्याम्प , कटारी नगरपालिका, खाद्य तथा गुण नियन्त्रकका प्रतिनिधिहरु रहेका थिए । 

Ncell
Extreme Energy

कटारी वडा नम्बर ३ र ४ को बजार क्षेत्रमा आज गरिएको अनुगमका क्रममा ४ हजार भन्दा बढीको म्याद गुज्रेका तथा अखाद्य वस्तु भेटिएको संयोजक मग्रातीले बताए । 

मग्रातीका अनुसार उक्त सामाग्रीहरु बुधबार नष्ट गरिएको छ । बजारमा मसला ,सस, फेन्टा, मिरिन्डा, लगायतका विभिन्न म्याद गुज्रेका सामाग्री तथा अखाद्य वस्तुहरु फेला परेको थियो । त्यसैगरी करदाता कार्यालयले ३ वटा पसल लाई १२ हजार जरिवाना गरेको थियो ।

अनुगमन पछी बजारमा नियमित अनुगमन गरिने जानकारी दिंदै अधिकृत मग्रातीले म्याद गुर्जेका सामाग्री तथा अखाद्य वस्तु विक्रि वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरेका थिए । त्यसैगरी म्याद हेरेर , मूल्यसूचि हेरेर मात्रै सामाग्री खरिद गर्न पनि मग्रातीले उपभोक्ताहरुलाई आग्रह गरे ।

अनुगमनका क्रममा नगरपालिकामा व्यवसाय दर्ता भएको नभएको , दर्ता नविकरण गरे नगरेको ,मूल्य सूची राखे नराखेको, आवश्यक कागजात भए नभएको पनि निरिक्षण गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्‍यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्।
चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...