नेभिगेशन
सबै कुरा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीमा

काठमाडाैँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् । प्रचण्ड उनैलाई लुम्बिनीमा स्वागत गर्न भनेर मंगलबार बिहान लुम्बिनी पुगेका थिए । 

Ncell
Extreme Energy

पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिला अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट हेलिकप्टरमा लुम्बिनी  लुम्बिनी पुगेका महासचिव गुटेरेसले लुम्बिनीमा शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने भएका छन् । 

४ दिने भ्रमणका क्रममा लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्रीसहित पर्यटनमन्त्री, लुम्बिनीका मुख्यमन्त्री, राज्यमन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष लगायतको टीमले स्वागत गरेका थिए  । 

गुटेरेसले लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ । 

उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कनेछन् । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।