नेभिगेशन
समाज

रवि लामिछानेमाथि लगाइएको मुद्दामा दम छैन, सरकारले टालटुल गरेर मुद्दा बनाएको छः सांसद सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हालिएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीस्थित रुपा गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले  सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क गरेकी हुन् । 

Ncell
Extreme Energy

उनले भनिन्, ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ,’ । 

नेपाली जनताले आशा र विश्वास गरेका सभापति लामिछानेलाई न्यायालयले भने न्याय दिनेमा आफूले विश्वास राखेको बताइन् । 
साथै सांसद गौतमले सरकार भ्रष्टाचारका काण्ड दबाउन उद्दत रहेको बताएकी छन् । रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारवाही अगाडि बढाएपछि हतारमा कांग्रेस एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरुको अनुसन्धान रोकिएको उनको दाबी छ । 

गौतमले हिजोका दिन गुपचुप पारिएका भ्रष्टाचारका फाइल रास्वपाले सदन र सरकारमा रहेर उजागर गरेपछि ढाकछोपका लागि कांग्रेस एमालेको सरकार बनेको बताइन् ।  

उनले भनिन्, 'रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो । पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो । वाइडबडीमा भ्रष्टाचार भयो, वर्षौदेखिको गिरिबन्धुको भ्रष्टाचार पनि बाहिर  आयो । अहिले  संसदीय छानबिन समितिको नजिर बसालिहालियो , अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ । भुटानी शरणार्थी काण्डको फाइल खोलिएको थियो । प्रक्रिया धेरै अगाडि बढिसकेको थियो । अब हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने काम गरिएको छ । यो जनताले देखेका छन्, मनमा राखेका छन्' । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् ।
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।