नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेमाथि लगाइएको मुद्दामा दम छैन, सरकारले टालटुल गरेर मुद्दा बनाएको छः सांसद सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा हालिएको बताएकी छिन् । 

कास्कीस्थित रुपा गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले  सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क गरेकी हुन् । 

CG

उनले भनिन्, ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ,’ । 

नेपाली जनताले आशा र विश्वास गरेका सभापति लामिछानेलाई न्यायालयले भने न्याय दिनेमा आफूले विश्वास राखेको बताइन् । 
साथै सांसद गौतमले सरकार भ्रष्टाचारका काण्ड दबाउन उद्दत रहेको बताएकी छन् । रास्वपाले सरकारमा गएर भ्रष्टाचारका फाइल खोल्दै कारवाही अगाडि बढाएपछि हतारमा कांग्रेस एमाले सरकार बनेको र भ्रष्टाचारका काण्डहरुको अनुसन्धान रोकिएको उनको दाबी छ । 

गौतमले हिजोका दिन गुपचुप पारिएका भ्रष्टाचारका फाइल रास्वपाले सदन र सरकारमा रहेर उजागर गरेपछि ढाकछोपका लागि कांग्रेस एमालेको सरकार बनेको बताइन् ।  

उनले भनिन्, 'रास्वपा आएपछि के भयो भन्दा भ्रष्टाचार गरेको थाहा भयो, कहाँ भयो भन्ने थाहा भयो । पोखरामा १० अर्ब बढी भ्रष्टाचार भएको थाहा भयो । वाइडबडीमा भ्रष्टाचार भयो, वर्षौदेखिको गिरिबन्धुको भ्रष्टाचार पनि बाहिर  आयो । अहिले  संसदीय छानबिन समितिको नजिर बसालिहालियो , अब हाम्रो पनि पालो आउँछ भनेर त्यसलाई ढाकछोप गर्ने काम भएको छ । भुटानी शरणार्थी काण्डको फाइल खोलिएको थियो । प्रक्रिया धेरै अगाडि बढिसकेको थियो । अब हामीलाई छोड्दैनन् भनेर त्यसलाई पनि दबाउने काम गरिएको छ । यो जनताले देखेका छन्, मनमा राखेका छन्' । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् ।
मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै राजनीतिक संवाद समितिका सदस्यसमेत रहनुभएका मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने...

भर्खरै