नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

नेपालले मलेसियाविरुद्ध लियाे तेस्रो विकेट

आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध तेस्रो विकेट लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको खेलमा १०.१ ओभरमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट भएका हुन् ।

Extreme Energy
citizen life

त्यस्तै आज भइरहेको खेलमा ५.५ ओभरमा अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले आउट  गराउँदै पहिलो विकेट लिएका थिए । 

त्यस्तै दोस्रो विकेटका लागि ६.६ ओभरमा सन्दीप लामिछानेको बलमा अहम्मद फेज रन आउट भएका थिए । 

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ ।

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
युएईविरुद्ध नेपालको जित

युएईविरुद्ध नेपालको जित

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितका लागि दिएको दुई सय एक रनको चुनौती पछ्याएको युएई ४८ दशमलव...
आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

आइसिसी  विश्वकप लिग–२ स् नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालद्वारा युएई ८ विकेटले पराजित

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए...
वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल

त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।