नेभिगेशन
सबै कुरा
टी-२० विश्वकप एसिया छनोट :

टी-२० विश्वकप एसिया छनोट : नेपालले मलेसियाविरुद्ध लियाे छैटौँ विकेट

आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध छैटौँ विकेट लिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको खेलमा १५.५ ओभरमा करण केसीको बलमा ऐनुल हाफिज रन आउट भएका छन् । 

Dish Home
Global Ime Bank

यसअघि १४‍.४ ओभरमा गुल्सन झाको बलमा शैयद अजिज आउट  हुँदा नेपालले पाचाैँ विकेट लिएकाे थियाे ।

त्यस्तै १३.६ ओभरमा कप्तान रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा आउट हुँदा नेपालले चाैथाे  विकेट लिएकाे थियाे भने १०.१ ओभरमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट हुँदा नेपालले तेस्राे विकेट हात पारेकाे  थियाे । त्यस्तै दोस्रो विकेटका लागि ६.६ ओभरमा सन्दीप लामिछानेको बलमा अहम्मद फेज रन आउट भएका थिए भने ५.५ ओभरमा अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले आउट  हुँदा नेपालले पहिलाे विकेट लिएकाे थियाे । 

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले मलेसियाविरुद्ध टस हारेर पहिले बलिङ गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल नेपाल लगातार दोस्रो जितको खोजीमा छ । 

सोमबार भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको थियो । मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । मलेसिया हिजो भएको पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोट लागेका कारण टोलीमा सहभागी छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिइएको छ । 

आजको खेलदमा नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...
नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।