नेभिगेशन
बजार

बजाज नेपालको ‘विल्स अफ मेमाेरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने

काठमाडौँ । बजाज नेपालले Wheels of Memory फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ। प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू शेयर गर्न आमन्त्रण गरिएको थियो। यो अभियानले उल्लेख्य सहभागितासँगै बजाज र ग्राहकहरूबीचको बलियो सम्बन्धलाई नेपालका विभिन्न स्थान, समय र सन्दर्भ अनुसार अझै आत्मीय रुपमा झल्काउने अवसर प्रदान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक,कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ। तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरुप १२ जना विजेता छनोट गरिएको छ। सम्मान स्वरुप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक  क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ। प्रत्येक विजेताले रु. १०,००० बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन्। विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन गरिनेछ, जुन वैशाख १६ देखि २७ गतेसम्म भृकुटीमण्डपमा भइरहेको छ।

Ncell
Extreme Energy

कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ। साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरुबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ। नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ।

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अमितराज चालिसेले “Wheels of Memory प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकहरूबीचको आत्मीय सम्बन्ध झन् मजबुत बनाउन गरिएको प्रयास भएकाे बताए । प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै, बाइक प्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं। यो अभियानले ग्राहकहरूलाई अझ नजिक ल्याएको छ र हाम्रो यात्रालाई थप अर्थपूर्ण बनाएको।” जानकारी गराउनु भएको छ।

बजाज मोटरसाइकलहरू स्टाइल, प्रफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्ड  बनिरहेको छ। Wheels of Memory जस्ता अभियानहरूमार्फत बजाजले नेपाली बाइकिंग समुदायसँगको सम्बन्ध अझ बलियो बनाउँदै गएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।