नेभिगेशन
समाज

चुनढुङ्गा बोकेको टिपरको ठक्करबाट मिर्चैयामा एक वृद्धको मृत्यु

सिराहा । कटारी सडक  अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–७ बाख्री बजारमा टिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ।  मंगलबार बिहान चुनढुंगा बोकेको टिपरले ठक्कर दिंदा फूलबरिया गाउँका ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राज पुरीका अनुसार उदयपुरको कटारीबाट चुनढुंगा बोकेर आउँदै गरेको बा. प्र. ०१–००४ क २९५३ नम्बरको टिपरले मंगलबार बिहान करिब पौने ६ बजेतिर महरालाई ठक्कर दिदा महराको घटनास्थलमै मृत्यु भएको हो । 

Ncell
Extreme Energy

तीव्र गतिका कारण ठक्कर दिएको टिपर असन्तुलित भएर घटना स्थलमै पल्टिएको छ।  

महरा सोही ठाउँमा रहेको मन्दिरमा पूजा गरेर  फर्किरहेका समयमा सिमेण्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने टिपरले ठक्कर दिएको थियो । तीव्र गतिको उक्त टिपरको ठक्करका कारण घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मिर्चैयाबाट गएको प्रहरीले घटनास्थल शिल गरी मुचुल्का उठाउनेसहित आवश्यक अनुसन्धान गरेको छ । ठक्कर पश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

टिपरको ठक्करले वृद्धको मृत्यु भएपछि स्थानीयले कटारी–मिर्चैया सडक खण्डमा प्रदर्शन समेत गरेका छन् । चुनढुङ्गा बोक्ने टिपरका कारण दिनहुँ जसो दुर्घटना हुने गरेको भन्दै तालुकदार निकायलाई आर्थिक लेनदेन गरी मिलाएर टिपर राजमार्ग बाट सञ्चालन गर्दै आइरहेको बताए । 

स्थानियले पटक पटक  चुनढुङ्गा बोक्ने टिपरको लागि वैकल्पिक मार्गको व्यवस्थापन गर्नु पर्ने  आवाज उठको भए पनि प्रशासनको बलमा स्थानियमाथि आतंक मच्चाउँदै आएको स्थानियको भनाई छ। सौर्य,मारुति र कसमस सिमेण्ट उद्योगका लागि  दैनिक १ हजार बढी टिपर कटारीमिर्चैया सडक हुँदै चुनढुङ्गा लिएर जान्छन्। भारवहन क्षमता भन्दा बढी चुन ढुङ्गा बोकेर हिड्ने टिपरको कारण दिनहुँ जस्तो दुर्घटना भइरहेका छन्। दिनहुँ ओभर लोड लिएर सयौको संख्यामा टिपर हुईकिदा समेत ट्राफिक प्रहरी रमिते बनेर बस्ने गरेको  शम्भु शाहले बताए।

स्थानीय बासिन्दा र मृतकका आफन्तले ट्राफिक प्रहरीसँगको सेटिङ्मा क्षमताभन्दा बढी चुनढुंगा बोकेर तीब्र गतिमा गुड्ने टिपरको कारणले पटक पटक दुर्घटना भई स्थानीयले ज्यान गुमाउनु परेको भन्दै टिपरको लागि बैकल्पिक सडकको माग गर्दै मिर्चैया कटारी सडकको फूलबरिया खण्ड अबरुद्ध गरेका छन् ।

बैकल्पिक सडक निर्माण थालनीसहित तत्काल चुनढुंगा बोक्ने टिपरहरुको भारबाहन क्षमता र गति नियन्त्रणका लागि पहल नगरेसम्म शव नबुझ्ने भन्दै स्थानीयले सडकमा टायर बालेर बाटो नै अबरुद्ध गरेका छन्।  

भारवहन क्षमता अनुसार ६ चक्के टिपरले १० टनभन्दा बढी सामग्री बोक्न बन्देज भएपनि २० टनभन्दा बढी चुनढुंगा छ चक्के टिपरले बोक्ने गरेका छन् । दस चक्के टिपरको कुरा छाडौं उनीहरूले ४० टन सम्म बोक्ने गरेको स्थानिय राम नारायण ठाकुरले बताए । ४० टन सम्म चुन ढुङ्गा बोकेका सयौं टिपर बिना अवरोध संचालन हुँदै आएको स्थानीयको गुनासो छ । तीब्र गतिमा चल्ने ट्रक र टिपरका कारण पटक पटक सडक दुर्घटना हुँदा जनधनको क्षति हुने, टिपरबाट खस्ने ढुंगाले लागेर समेत मानिस घाइते हुन सक्ने जोखिम बढ्दा समेत ट्राफिक प्रहरी मौन बस्ने गरेको स्थानीयको आरोप छ । 

सिमेण्ट उद्योगका टिपर ओभरलोड हुने र तीव्र गतिमा चल्ने भएका कारण वर्षेनी कटारी ( मिर्चैया सडक खण्डमा दुर्घटना बढिरहेको छ। यस विरुद्ध स्थानियले आन्दोलन गर्दा सिमेण्ट उद्योगले वैकल्पिक बाटो बनाउने सहमति गरे पनि कार्यान्वन गरेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...