नेभिगेशन
समाज

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा परमादेश माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

वीरगंज । वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा अनुसन्धानमा विलम्ब भएको भन्दै उच्च अदालतमा परमादेश माग गर्दै निवेदन दर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काकी छोरीलाई आफ्नी छोरीकारुपमा नागरिकता दिलाएको विषयमा अनुसन्धान र कारबाही प्रक्रियामा ढिलासुस्ती गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा निवेदन दर्ता भएको हो। 

Ncell
Extreme Energy

मेयर सिंहले अर्काकी छोरीलाई आफैँ बाबु बनेर जन्मदर्ता देखी सिफारिससम्म किर्ते कागजात बनाएर नागरिकता दिलाएको तर सो विरुद्ध परेको उजुरी र कारबाही प्रक्रियामा ढिलासुस्ती गरेको भन्दै वीरगंज महानगरपालिका ३ निवासी लियाकत अलीले परमादेशको निवेदन दर्ता गराएका हुन् । 
मङ्गलवार दर्ता भएको निवेदनमा जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला सरकारी वकिल कार्यालय पर्सा र पर्साका प्रहरी उपरिक्षकलाई विपक्षी बनाइएको छ । 

अदालतमा दर्ता भएको परमादेश पत्रमा २०८० साल फागुन २४ गते दर्ता भएको दर्ता नम्बर ८३४ को मुद्दा र नागरिकता सम्बन्धी कसुर तथा दर्ता नम्बर ८३७ को लिखत सम्बन्धीको कसुरमा १४ महिना बितिसक्दा समेत कुनै पनि कारबाही प्रक्रिया अगाडि नबढाएको आरोप लगाइएको छ । 

त्यस्तै उनी विरुद्धको उजुरी दर्ता भए पनि पटक पटक जाहेरीबारे सोधखोज गर्दा विपक्षीले हालसम्म कुनै प्रक्रिया अगाडी नबढाई पद र पैसाको बलमा कानुनी शासनको खिल्ली उडाएको निवेदकको आरोप छ । 

परमादेशमा नेपालको संविधानको धारा १८ को उपधारा १ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख भएको र कसैलाई कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था भएको उल्लेख छ । यसै गरी विपक्षीहरूले नेपाल संविधानको धारा १८ द्वारा प्रदत्त अधिकारमा समेत आघात पार्ने गरी कानुनद्वारा निर्दिष्ट काम कर्तव्य समेत नगरी विमुख भएको आरोप लगाइएको छ । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता बनाएको विषयमा सिधाकुराले २०८० साल पुस २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालय सहित विभिन्न ७ ठाउँमा उजुरी परेको छ ।

 उजुरीको आधारमा गृह मन्त्रालयले पुष्कर राणाको संयोजकत्वमा छानबिन समिति बनाए पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन । 

गृह मन्त्रालयको छानबिन समितिले तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायको किर्ते हस्ताक्षर प्रयोग गरी नागरिकता बनाउन मेयर सिंहले गरेको जन्म दर्ता, विवाह दर्ता लगायतको किर्ते कागजातको विषयमा अनुसन्धान नै नगरी फर्किएका थिए । 

गृह मन्त्रालयको छानबिन समिति फर्किएको भोलिपल्ट दोस्रो श्रीमती भनेर रिता भट्टराईलाई खडा गरी सम्बन्ध विच्छेदका लागी जिल्ला अदालतमा अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिलाएका थिए । उक्त सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि नबढाउँदै जिल्ला अदालतले ढिसमिस गरिदिएको थियो । 
पर्सा जिल्ला अदालतमै मेयर सिंहका छोरी भनिएकी रूबीना श्रेष्ठको जन्म दर्तामा समेत तत्कालीन पञ्जिकरण अधिकारी भिखारी रायको हस्ताक्षर किर्ते भएको जन्म दर्ता पेस गरिएको छ । यस विषयमा स्वयम तत्कालीन पञ्जिकरण अधिकारी रायले जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न निकायमा बयान समेत दिइसकेका छन् । 

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु

 
 
 
 
 

वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान ! 

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।
गल्छीमा सडक भासियो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

गल्छीमा सडक भासियो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको गल्छीमा सडक भासिएपछि पृथ्वीराजमार्ग हुँदै मुग्लिन–काठमाडौं आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक...