नेभिगेशन
समाज

अविरल बर्षासँगै आएको हावाहुरीको कारण १८ लाखको क्षति

हावाहुरीले विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानो तथा घर हरु उडाएकाे छ ।

उदयपुर । अविरल वर्षासँगै आएको हावाहुरीको कारण  उदयपुरमा १८ लाख २० हजार बराबरको क्षति भएको छ । आज बिहान आएको हावाहुरीको  कारण जिल्लाको विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानो तथा घर हरु उडाउँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीले चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडाका गिता पाण्डेको बाँस र खरले बनेको भुइतल्ले घरको छानो उडाउँदा ५० हजार,  नवराज दुलालको बाँसको टाँटी बेरा, काठ र टिनको छानो भएको दुइ तल्ले घरको छानो उडाई तीन लाख पचास हजार , भरत राउतको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाई दुईलाख , सुभाष अधिकारीको पक्की टिनको छानो भएको एक तल्ले घरको छानो उडाएको र उक्त घरमा संचालन गरेको किराना पसलका सामानहरू समेत क्षति हुँदा दुई लाखको क्षति भएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी सोही ठाउँका सम्भव अधिकारीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाउँदा एकलाख पचास हजार , खगिन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाई दुईलाख र धुर्व खत्रीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाउँदा तीनलाखको क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी त्रियुगा नगरपालिका वडा १३ सरस्वति टोल बस्ने वर्ष ३५ को हर्क श्रेष्ठको टिनको छाना तथा बाँसको टाटिबेरा भएको भुई घरको छानो उडाई ७० हजार बराबरको क्षति भएको छ। 

त्यसैगरी उदयपुरगढी गाउँपालिका ६ जग्रेटार स्थित श्री मावि नेपालटारको जस्तापाताको छाना उडाउँदा तीनलाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...