नेभिगेशन
मुख्य समाचार

अविरल बर्षासँगै आएको हावाहुरीको कारण १८ लाखको क्षति

हावाहुरीले विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानो तथा घर हरु उडाएकाे छ ।

उदयपुर । अविरल वर्षासँगै आएको हावाहुरीको कारण  उदयपुरमा १८ लाख २० हजार बराबरको क्षति भएको छ । आज बिहान आएको हावाहुरीको  कारण जिल्लाको विभिन्न स्थानहरुमा रहेका विद्यालयको छानो, घरको छानो तथा घर हरु उडाउँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीले चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडाका गिता पाण्डेको बाँस र खरले बनेको भुइतल्ले घरको छानो उडाउँदा ५० हजार,  नवराज दुलालको बाँसको टाँटी बेरा, काठ र टिनको छानो भएको दुइ तल्ले घरको छानो उडाई तीन लाख पचास हजार , भरत राउतको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाई दुईलाख , सुभाष अधिकारीको पक्की टिनको छानो भएको एक तल्ले घरको छानो उडाएको र उक्त घरमा संचालन गरेको किराना पसलका सामानहरू समेत क्षति हुँदा दुई लाखको क्षति भएको छ ।

CG

त्यसैगरी सोही ठाउँका सम्भव अधिकारीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाउँदा एकलाख पचास हजार , खगिन्द्र श्रेष्ठको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाई दुईलाख र धुर्व खत्रीको काठ, बाँसको बेरा र टिनको छानो भएको भुइतल्ले घरको छानो उडाउँदा तीनलाखको क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी त्रियुगा नगरपालिका वडा १३ सरस्वति टोल बस्ने वर्ष ३५ को हर्क श्रेष्ठको टिनको छाना तथा बाँसको टाटिबेरा भएको भुई घरको छानो उडाई ७० हजार बराबरको क्षति भएको छ। 

त्यसैगरी उदयपुरगढी गाउँपालिका ६ जग्रेटार स्थित श्री मावि नेपालटारको जस्तापाताको छाना उडाउँदा तीनलाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर तरुल खेती सुरु गर्दै आएका छन् । खेमराजले भने “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन,...
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...