नेभिगेशन
समाज

साढे दुई दशकपछि नक्साल हिटीमा आउन थाल्यो पानी (तस्विरहरु)

काठमाडाैँ । काठमाडौँको नक्सालस्थित डुङ्गे धारा (हिटी)मा साढे दुई दशकपछि पानीको प्रवाह फर्किएको छ। अहिले सो हिटीमा दुई वटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो ।

उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको स्थानीयले बताएका छन् । साथै, पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको छ ।

उक्त हिटीको निकास नारायणहिटी सङ्ग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुई वटा स्रोतबाट पानी आउन थालेको छ।

हाल उक्त हिटीमा निरन्तर रूपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको महानगरले जनाएको छ ।

naxal-hiti.-dhungedharo-13-1747544524.jpg

CG

naxal-hiti.-dhungedharo-14-1747544524.jpg

naxal-hiti.-dhungedharo-10-1747544523.jpg

naxal-hiti.-dhungedharo-11-1747544523.jpg

naxal-hiti.-dhungedharo-12-1747544523.jpg

naxal-hiti.-dhungedharo-5-1747544522.jpg

naxal-hiti.-dhungedharo-6-1747544522.jpg

naxal-hiti.-dhungedharo-8-1747544522.jpg

naxal-hiti.-dhungedharo-9-1747544522.jpg

naxal-hiti.-dhungedharo-1-1747544521.jpg

naxal-hiti.-dhungedharo-2-1747544521.jpg

naxal-hiti.-dhungedharo-3-1747544521.jpg

naxal-hiti.-dhungedharo-4-1747544521.jpg

naxal-hiti.-dhungedharo-1747544524.jpg

तस्विरहरु  : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...