नेभिगेशन
समाज

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडका नयाँ शाखा कार्यालय सञ्चालन

स्याङ्जा । ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८२ बैशाख ३१ गते बुधबारबाट दुबै शाखा सञ्चालनमा आएको हो ।  

Ncell
Extreme Energy

विरुवा शाखाको विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् । 

समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ । 

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...