नेभिगेशन
बैंक वित्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । ग्रुपले मंसिर २ गतेदेखि लागू हुने गरी खड्कालाई उक्त जिम्मेवारी दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नेछन् । समूहका कम्पनीहरूबीच रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने उनको प्रमुख जिम्मेवारी हुनेछ ।

Marvel
Extreme Energy

त्यस्तै, नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभवमा सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यलाई पनि उनले प्राथमिकतामा राख्नेछन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ । उनी यसअघि डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीमा थिए । विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनले अनुभव हासिल गरेका छन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नियुक्तिले समूहका कम्पनीलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव उपयोगी हुने बताए ।

नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमा परिणाममुखी काम गर्न आफू केन्द्रित रहने बताएका छन् ।

रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा आईएमई ग्रुपले लगानी तथा व्यवसाय विस्तार गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बैंक वित्त
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पासः नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको राष्ट्रिय स्वार्थलाई...
सहमतिमै हुने यौन सम्पर्कलाई जबरजस्ती करणी मुद्दा नलाग्ने, कानुनमा राखिँदैछ ‘रोमियो–जुलियट क्लज’

सहमतिमै हुने यौन सम्पर्कलाई जबरजस्ती करणी मुद्दा नलाग्ने, कानुनमा राखिँदैछ ‘रोमियो–जुलियट क्लज’

१८ वर्षमुनिको प्रेम सम्बन्धलाई अपराध नमान्ने गरी नयाँ कानुन बनाइँदैछ । १८ वर्ष नपुगेका किशोर किशोरीबीच सहमतिमै यौन सम्बन्ध हुँदा पनि जबरजस्ती करणी मुद्दा लाग्ने कानुनका कारण अहिले...
पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।
बर्खास्त एआईजी दाहालले दिए सरकारसमक्ष पुनरावेदन

बर्खास्त एआईजी दाहालले दिए सरकारसमक्ष पुनरावेदन

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले आफ्नो बर्खास्तीको निर्णयविरुद्ध सरकारसमक्ष पुनरावेदन दिएका छन्।

भर्खरै