नेभिगेशन
समाज

पर्यटनमार्फत नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन, हवाई सम्पर्क र जनस्तरको आदानप्रदानमार्फत नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको नयाँदिल्लीमा बुधबार साँझ नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा उनले पर्यटनलाई दुई देशबीचको सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा उपयोग गर्नुपर्ने बताए।

Marvel
Extreme Energy

नेपाल–भारत सम्बन्ध कूटनीतिमा मात्र सीमित नभई साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको उल्लेख गर्दै उनले पर्यटनले दुई देशका नागरिकबीचको सम्पर्क र आर्थिक अवसर विस्तार गर्न सक्ने बताए।

‘नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ,’ मन्त्री पौडेलले भने।

उनले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने बताए।

पर्यटन प्रवर्द्धनका लागि हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रमका क्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

हवाई सम्पर्क विस्तारलाई दुवै देशबीच पर्यटक आवागमन बढाउने महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ।

कार्यक्रममा भारतका पर्यटन तथा संस्कृतिमन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्त्वबारे चर्चा गरेका थिए। उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिले पनि ‘नेपाल कलिङ’ अभियानप्रति समर्थन जनाएका थिए।

कार्यक्रममा भारतीय टुर अपरेटर सङ्घ (आईएटीओ), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन व्यवसायी तथा प्रतिनिधिको सहभागिता थियो। उनीहरूको सहभागिताले दुई देशका निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर विस्तारको सम्भावनालाई थप बल पुर्‍याएको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बर्खास्त एआईजी दाहालले दिए सरकारसमक्ष पुनरावेदन

बर्खास्त एआईजी दाहालले दिए सरकारसमक्ष पुनरावेदन

बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालले आफ्नो बर्खास्तीको निर्णयविरुद्ध सरकारसमक्ष पुनरावेदन दिएका छन्।
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको बताएका छन्।
गोरुसिंगे–चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडमा ठेक्का

गोरुसिंगे–चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडमा ठेक्का

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–चन्द्रौटा सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको ठेक्का सम्झौता भएको छ।
कालीमाटीमा  कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटीमा कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (३ मंसिर) का लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।