नेभिगेशन
समाज

गोरुसिंगे–चन्द्रौटा सडक ६ लेनमा विस्तार हुने, ४ अर्ब ५६ करोडमा ठेक्का

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे–चन्द्रौटा सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने योजनाको ठेक्का सम्झौता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार करिब ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा सडक विस्तार गर्ने सम्झौता भएको हो। आयोजना २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Marvel
Extreme Energy

कुल १९.२ किलोमिटर लामो यो सडक सर्भिस लेनसहित ६ लेनमा विस्तार हुनेछ। सडक विस्तारसँगै दुईवटा ठूला पुल, ६ वटा साना पुल र ७२ वटा कल्भर्ट निर्माण गरिनेछन्।

आयोजनाअन्तर्गत पैदलयात्रीका लागि दुईवटा अन्डरपास, सवारीसाधनका लागि एउटा अन्डरपास र एउटा आकाशे पुल पनि निर्माण गरिने मन्त्री लम्सालले बताएका छन्।

सडक विस्तारका क्रममा वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिनेछ।

मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत ठेक्का सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्। पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत यो सडक खण्डको स्तरोन्नति गर्न लागिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय हित संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता आवश्यक रहेको बताएका छन्।
कालीमाटीमा  कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटीमा कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (३ मंसिर) का लागि तरकारी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
ओलीको दाबी– एमालेले खाएको धक्का निर्वाचन परिणामले होइन, सरकारबाट अपदस्थ हुँदादेखि सुरु भयो

ओलीको दाबी– एमालेले खाएको धक्का निर्वाचन परिणामले होइन, सरकारबाट अपदस्थ हुँदादेखि सुरु भयो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय व्यहोरेको धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनअघि सरकारबाट अपदस्थ गरिएदेखि सुरु भएको बताएका छन्।
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ ।