नेभिगेशन
समाज

मनसुनअघि नै  जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौँ । सांसदले मनसुनअघि नै विपद जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा  उनीहरुले  मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए । विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ । 

Ncell
Extreme Energy

सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनिकरण गर्नुपर्ने सुझाव दिए । विपद्का जोखिम भएका बस्तीका मानिसलाई अनेत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ । 

यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए । 

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि  कार्य गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिए । “बुधबार जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको हावापानी आँकलनअनुसार यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । कर्णाली प्रदेशको पूर्वीभू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ५५५ देखि ६५५ रहेको देखिएको छ,” उनले भने, “सुदुरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५४ देखि ५५५ रहेको छ । तसर्थ यस वर्षको मनसुनमा सतर्कता अपनाउन पूर्वतयारीका कार्यक्रमलाई जोड दिने छौँ ।”

कार्यकारी निर्देशक भट्टले आगामी मनसुनमा गत वर्षको भन्दा राम्रो पूर्वतयारी गर्ने र जोखिम न्यूनिकरणका प्रयास गरिने बताए । 

सांसदहरु विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र, गोपीबहादुर सार्की आछामीले पनि विपद्को जोखिम न्यूनिकरणका लागि समयमा नै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्तानान्तरण गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।