नेभिगेशन
समाज

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

बर्दिया । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बर्दियाको बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढी बीच भागको स्पान बगाउँदा अहिले त्यहाँबाट सवारी आवागमन ठप्प छ । भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार पुल निर्माण नगर्दा  सो पुल भासिएको हो । सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीले गम्भीर लापरबाही गरेको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Jabdighat-pul-sidhakura-6-1762582784.jpg
पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका कारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो । हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् । पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदि वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ । स्थानीय माघु थारु चौधरीका अनुसार सो पुल बगाउँदा विरामी, बालबालिका र जेष्ठ नागरिक सवैभन्दा बढि मारमा परेको जानकारी दिए । पुलको बाटो पूर्ण रुपमा बन्द छ, स्टिमरसम्म पुग्नका लागि पनि बालुवाको बाटो भएर २०–२५ मिनेट हिड्नु पर्ने उनले जानकारी दिए । मोटरसाइकल पनि बालुवामा धासिने भएकोले यात्रा गर्न कठिन भएको उनले बताए । 

Ncell
Extreme Energy

Jabdighat-pul-sidhakura-5-1762582784.jpg
पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४ सय ३५ मिटर रहेको छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ। जब्दीघाटमा स्टिमर संचालनमा छ । स्टिमरमार्फत नदि पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् । स्टिमर संचालनका लागि गुलरिया र बारबर्दिया नगरपालिकाले ठेक्का दिएका छन् । ठेकेदारले खसी, बोका पार गरेबापत समेत शुल्क लिने गरेको छ । खसी, बोकाको १० रुपैयाँ शुल्क बुझाउन सर्वसाधारण बाध्य छन् । यो घाटबाट दैनिक कम्तीमा दुई हजार सर्वसाधारण आउजाउ गर्छन् । पुल पुनर्निर्माण नहुँदा सदरमुकाम गुलरिया आउन सर्वसाधारणले सास्ती खेप्न परेको छ । पुल भएको बेला १५ मिनेटमा गुलरिया पुगे पनि डुंगामार्फत नदि तर्दा झण्डै एक घण्टा लाग्ने गरेको स्थानीयले जनाएका छन् ।

Jabdighat-pul-sidhakura-10-1762582781.jpg
बबई नदीमा पर्ने जब्दिघाट खोला पुल मर्मत नहुँदा जनतालाई सास्ती भएको भन्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतम २०८० वैशाख ३० बाट रिले अनसन बसेका थिए। सांसद गौतम अनसन बसेको चार दिनपछि जेठ ३ मा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रकार सम्मेलन गरी सोही स्थानमा १० दिनभित्र नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने घोषण गरेका थिय। ठेक्का आह्वानको घोषणा मात्रै गरेनन्, सांसद गौतमलाई अनसन तोड्न पनि पत्रकार सम्मेलनमार्फत मन्त्री ज्वालाले आग्रह गरे। मन्त्रीको कुरा विश्वास गरेर सांसद गौतमले अनसन पनि तोडे। तर, दुई बर्ष बितिसक्दा पनि ठेक्का आह्वान भएको छैन। सो पुलको निर्माणका लागि बर्दियाका सांसद तथा पूर्वमन्त्री सन्जय गौतमले पुलमुनि आमरण अनशन बसे पनि सो पुल बन्न सकेको छैन, जनतालाइ सास्ति उस्तै छ।

तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना नेपाल फोटो लाइब्रेरी

Jabdighat-pul-sidhakura-11-1762582779.jpg

Jabdighat-pul-sidhakura-12-1762582779.jpg

Jabdighat-pul-sidhakura-13-1762582779.jpg

Jabdighat-pul-sidhakura-14-1762582779.jpg

Jabdighat-pul-sidhakura-9-1762582781.jpg

Jabdighat-pul-sidhakura-8-1762582782.jpg

Jabdighat-pul-sidhakura-7-1762582783.jpg

Jabdighat-pul-sidhakura-3-1762582785.jpg

Jabdighat-pul-sidhakura-4-1762582785.jpg

Jabdighat-pul-sidhakura-1-1762582786.jpg

Jabdighat-pul-sidhakura-2-1762582786.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...