नेभिगेशन
समाज

डब्लूएचओकाे मञ्चबाट साेविताले भनिन्, “भाइरस र राेगले सिमा चिन्दैन, हरेक राष्ट्र सुरक्षित नभएसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।”

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले अहिलेको अवस्थामा रोग र भाइरसबाट एउटा राष्ट्रले आफू सुरक्षित महसुत गर्ने अवस्था नरहेको बताएकी छिन् । विश्व स्वास्थ्य संगठन  र अन्तर संसदीय संघको सहकार्यमा जेनेभामा आयोजित संसदीय संवाद कार्यक्रममा बोल्दै उनले रोगले सिमा र बर्ग नचिन्ने बताएकी हुन् । ‘भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन।’ उनले भनिन् , ‘जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले हाल केही दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्ता व्यक्त गरिन् । यसबाट नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर पर्ने उनको भनाई छ । 

Ncell
Extreme Energy

उनले विश्वभरका सांसदहरूलाई दृढताका साथ कानून बनाउन, निर्भयतापूर्वक आवश्यक लगानी गर्न, स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न आह्वान गरेकी छिन् । 

विश्व स्वास्थ्य संगठन (WHO) र अन्तर-संसदीय संघ (IPU) को सहकार्यमा आयोजित यस संवादलाई उनले ऐतिहासिक पहलको रूपमा स्वागत गरिन् । उनले IPU ले आफ्नो स्वास्थ्य सल्लाहकार समूहलाई पूर्ण समिति बनाएको र आफू नेपालको प्रतिनिधिकारूपमा त्यस समितिको सदस्य हुन पाएकोमा गौरव अनुभव गरिन् । यस प्रकारको कार्यक्रमले संसदहरूलाई पनी स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस गरेको बताइन् । 

गौतमले हालै पारित भएको WHO महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन्। “यो सम्झौताले ठुलो काम सकिएको संकेत हैन, सुरुवात गरेको छ । अब आउने चरणहरूमा महामारीको सम्भावना भएका जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमै आदानप्रदान र महामारीजन्य उत्पादन र सम्बन्धित लाभहरूको समयमै तथा न्यायोचित पहुँच सुनिश्चित गर्न पहुच र लाभ साझेदारी प्रणालीमा संवाद-वार्ता गर्नुपर्नेछ, विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण सबै राष्ट्रको संसदबाट यो अनुमोदन हुनु आवश्यक छ,” उनले भनिन्।

राष्ट्रिय सन्दर्भमा उनले उल्लेख गरिन् कि नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निकै कम हो। उनले भनिन्, “स्वास्थ्य केवल खर्च होइन, यो भविष्यको लागि लगानी हो। अहिले लगानी गर्‍यौं भने भोलि खर्च घट्छ; तर अहिले कटौती गर्‍यौं भने भोलि त्यसको महंगो मूल्य चुकाउनुपर्नेछ।”

त्यसैले स्वास्थ्य बजेट छुट्याउँदा सरकारले दीर्घकालीन सोच राख्नुपर्ने उनको विचार थियो।

अन्त्यमा गौतमले भनिन्, “हाम्रो विरासत के हो? हाम्रो कर्म नै हाम्रो विरासत हो । इतिहासले हामीले के बहस गरेका थियौँ होइन, के काम गर्यौँ भनेर सम्झन्छ। त्यसैले अब समय आएको छ — काम गरौं, अगाडि बढौं।” 

WHO र IPU को संयुक्त पहलमा आयोजित यस संवाद कार्यक्रमले संसदलाई विश्व स्वास्थ्य संरचनाको मेरुदण्डको रूपमा स्थान दिएको उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै