नेभिगेशन
समाज

बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्विरहरु)

काठमाडौँ । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि–मनसुनकै समयमा यात्रुहरु ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ । गत असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

CG

पूर्ण रुपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।

BP-highway-durawastha-3-1747982672.jpg

BP-highway-durawastha-1-1747982673.jpg

BP-highway-durawastha-4-1747982671.jpg

BP-highway-durawastha-5-1747982671.jpg

BP-highway-durawastha-7-1747982669.jpg

BP-highway-durawastha-6-1747982669.jpg

BP-highway-durawastha-8-1747982668.jpg

BP-highway-durawastha-9-1747982668.jpg

BP-highway-durawastha-11-1747982666.jpg

BP-highway-durawastha-10-1747982666.jpg

BP-highway-durawastha-12-1747982665.jpg

BP-highway-durawastha-13-1747982665.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीमाटीमा सुन्तलाको व्यापार, पाँच केजीको मूल्य रु २५० देखि ५५० सम्म(तस्बिरहरु)

कालीमाटीमा सुन्तलाको व्यापार, पाँच केजीको मूल्य रु २५० देखि ५५० सम्म(तस्बिरहरु)

कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५ केजी) को २ सय ५० रुपैयाँ देखि ४ सय र ५५० मा बिक्री भई रहेको व्यापारी लक्ष्मी खनालले जानकारी दिइन् ।...
आलु भित्राउँदै पनौतीका किसानहरु

आलु भित्राउँदै पनौतीका किसानहरु

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स...
प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री काकीले आह्वान गरेको सर्वपक्षीय बैठक जारी(तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आव्हान गरेको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँग आह्वान गरिएको बैठक केहिबेर अघि सुरु भएको...
साफ महिला क्लब च्याम्पियनसिपः उद्घाटन खेल जारी(तस्बिरहरु)

साफ महिला क्लब च्याम्पियनसिपः उद्घाटन खेल जारी(तस्बिरहरु)

दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा शुक्रबार दुई खेल हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड...