नेभिगेशन
समाज

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

बर्दिया । जिल्लाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेको स्थानीयको बुझाइ छ । 

बढैयाताल गाउँपालिका–५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । विसं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमाङ्कनअनुसार १०७ बिघा चार कट्ठा १७.५ धुर क्षेत्रफलमा ताल फैलिएको छ । यही तालबाट गाउँपालिकाको नामकरण गरिएको हो । हाल सोही ताल संकटमा पर्नु दुःखद भएको स्थानीय कर्णबहादुर थापाको भनाइ छ ।  

CG

 गाउँपालिका–४ का पूर्ववडाध्यक्ष थापाका अनुसार यहाँ पछिल्ला छ/सात  वर्षदेखि चराको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ । प्लास्टिक प्रदूषणसँगै लुकिछिपी गरिने चराचुरुंगीको सिकारले विदेशी चराहरूको आगमनमा कमी आएको छ ।  

ताल वरपर प्लास्टिकका बोतल, सिसाका टुक्रा र अन्य फोहरजन्य सामग्री यत्रतत्र देखिन्छन् । एक समय सयाैँ प्रजातिका चराचुरुंगीहरूको सुरक्षित बासस्थानका रूपमा चिनिने यो तालमा हाल साइबेरियादेखि आउने पाहुना चराहरू आउन छोडेका वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विकले बताए ।

वडा नं ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेका र यसविरुद्ध आवाज उठाउँदा आफूहरूलाई नै मुद्दा झेल्नुपरेको गुनासो गर्छन्।  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाले संयुक्त अनुगमन गर्दा दाबी गरिएको जग्गा ताल क्षेत्रमा नरहेको प्रमाणित भइसकेको छ’, उनले भने । 

वडाध्यक्ष चौधरीले तालको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले स्पष्ट नीतिसहित काम गर्नुपर्ने बताए । ‘जुन तालको नामबाट गाउँपालिकाको नामकरण भएको छ, त्यही तालको संरक्षण गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेको छ । यो हामी सबैका लागि लाजमर्दो कुरा हो । अब गाउँपालिकाले नै संरक्षणका लागि पहल गर्नुपर्छ र यसमा अरू सबै सरोकार भएका निकायले सहयोग गरी पर्यापर्यटन विकासका लागि योजना अगाडि बढाउनुपर्छ’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...
सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २५औँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन । उनले भने, “सौर्य ऊर्जा...
ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए

ढलान निर्माणमा माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले नै भत्काए

योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन ।
म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

चालु आर्थिक वर्ष २०८२ र ८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे...