नेभिगेशन
समाज

नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

भद्रपुर । आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन  बङ्गलादेश निर्यात भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।

Ncell
Extreme Energy

काँकडभिट्टाबाट रु ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।