नेभिगेशन
मुख्य समाचार

अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि छ्यापिएको थियो कालो मोसो, को हुन् पक्राउ परेका ३ युवा ?

वीरगंज। बिहीबार अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजका न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि इजलासमै कालो मोसो प्रहार भयो । इजलास चलिरहेकै अवस्थामा केही युवाहरूको समूह प्रवेश गरेर उनीहरूमाथि कालो मोसो प्रहार गरेका हुन् । 

इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको भन्दै कालो मोसो छ्याप्ने ती युवकहरू धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ता रहेको खुलेको छ । 

CG

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले दुई जना न्यायाधीशमाथि कालो मोसो प्रहार भएको सिधाकुरालाई बताए । ‘उच्च अदालत जनकपुरको वीरगंजस्थित अस्थायी इजलासको इजलास नम्बर २ मा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि कालो मोसो प्रहार भएको हो ।’, मिश्रले सिधाकुरासँग भने, ‘उहाँहरू नियमित इजलास सञ्चालन गरिरहेकै बेला सो आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

न्यायाधीशहरूमाथि कालो मोसो प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा प्युठान घर भई हाल ललितपुर कुपन्डोल बस्ने नेकपा (बहुमत) का केन्द्रीय सदस्य ३८ वर्षीय अविनाश भनिने किशोर कुवर, सर्लाही बरहथवा नगरपालिका २ बस्ने ४३ वर्षीय बहुमतका जिल्ला इन्चार्ज पदम बहादुर मगर र सिराहा गोल बजार नगरपालिका वर्ष ४८ का नेकपा बहुमतका सिराहा जिल्ला समिति सदस्य गर्भु महतो रहेका छन् । 

घटनापछि सुरक्षाकर्मीहरूले अदालत परिसरमा सुरक्षा बढाएको छ भने कालो मोसो प्रहारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पूर्व मन्त्री समेत रहेका आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटपछि घाइतेहरूलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो । यस घटनामा उच्च अदालतले उनको संलग्नता पुष्टि नभएको भन्दै सफाइ दिएको थियो । उनको मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा. खुसीराम थारु र  र अर्जुन महर्जन नै थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो...