नेभिगेशन
समाज

अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशमाथि छ्यापिएको थियो कालो मोसो, को हुन् पक्राउ परेका ३ युवा ?

वीरगंज। बिहीबार अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजका न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि इजलासमै कालो मोसो प्रहार भयो । इजलास चलिरहेकै अवस्थामा केही युवाहरूको समूह प्रवेश गरेर उनीहरूमाथि कालो मोसो प्रहार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई सफाइ दिएको भन्दै कालो मोसो छ्याप्ने ती युवकहरू धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ता रहेको खुलेको छ । 

Ncell
Extreme Energy

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले दुई जना न्यायाधीशमाथि कालो मोसो प्रहार भएको सिधाकुरालाई बताए । ‘उच्च अदालत जनकपुरको वीरगंजस्थित अस्थायी इजलासको इजलास नम्बर २ मा कार्यरत न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनमाथि कालो मोसो प्रहार भएको हो ।’, मिश्रले सिधाकुरासँग भने, ‘उहाँहरू नियमित इजलास सञ्चालन गरिरहेकै बेला सो आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

न्यायाधीशहरूमाथि कालो मोसो प्रहार गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा प्युठान घर भई हाल ललितपुर कुपन्डोल बस्ने नेकपा (बहुमत) का केन्द्रीय सदस्य ३८ वर्षीय अविनाश भनिने किशोर कुवर, सर्लाही बरहथवा नगरपालिका २ बस्ने ४३ वर्षीय बहुमतका जिल्ला इन्चार्ज पदम बहादुर मगर र सिराहा गोल बजार नगरपालिका वर्ष ४८ का नेकपा बहुमतका सिराहा जिल्ला समिति सदस्य गर्भु महतो रहेका छन् । 

घटनापछि सुरक्षाकर्मीहरूले अदालत परिसरमा सुरक्षा बढाएको छ भने कालो मोसो प्रहारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पूर्व मन्त्री समेत रहेका आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटपछि घाइतेहरूलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो । यस घटनामा उच्च अदालतले उनको संलग्नता पुष्टि नभएको भन्दै सफाइ दिएको थियो । उनको मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा. खुसीराम थारु र  र अर्जुन महर्जन नै थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...