नेभिगेशन
समाज

बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बङ्गलादेशसँगको विद्युत् व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्ष नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु भएको अवसरमा आज ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत् निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताएका हुन् । 

Ncell
Extreme Energy

नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो ‘सिजन’को अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म विद्युत् निर्यात भएको थियो ।

ऊर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए ।  गत वर्षदेखि नेपालले विद्युत् आयातभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाइ थियो ।

उनले मुलुकको दिगो आर्थिक विकासका लागि ऊर्जा क्षेत्र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए। “सरकारले आन्तरिक विद्युत् खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,” मन्त्री खड्काले भने ।

उनले विद्युत् क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बूढीगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरे । विद्युत् व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले जलविद्युत् क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले बिनाधितो रु दुई लाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताए । नेपालले हरेक वर्ष पाँच महिना बर्सातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेसनसम्म पुग्नेछ ।

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बङ्गलादेश विद्युत् निर्यात गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा बढीभन्दा बढी विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पारे । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बङ्गलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी हुने बताए ।

Hitendra-Dev-Shakya-1749999706.jpg
 

“अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको छ,” उनले भने । 

त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकामा आइतबार अर्थात् जुन १५ बाट बढाएर २०० मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत् आइतबारदेखि निर्यात हुन सुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

सरकारको ‘स्प्रिट’ अनुसार काम गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलबारे नागरिकबाट गुनासो नआउने गरी दत्तचित्त भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, मानवअधिकार संरक्षण र लैङ्गिक समानतालाई आधार...
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।