नेभिगेशन
सबै कुरा

बागमतीमा र्याफ्टिङ सरर...(भिडियाे सहित)

९ भदौ, काठाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।


नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए । 

काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाई समेत गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

सामाजिक सञ्जाल बन्द गरेर सरकारले कलाकारको पेटमा लात हान्यो - हास्य कलाकार बल्छी धुर्बे

‘मैले उत्पादन गर्ने, निर्देशन गर्ने दुई वटा कार्यक्रममा ५० जना आश्रित हुनुहुन्छ,’ श्रेष्ठले सिधाकुरासँग भने,‘मैले कर तिरेर सामाजिक सञ्जालको आम्दानी प्रयोग गरिरहेको हुँ । म  र मजस्तै माथि...