नेभिगेशन
मुख्य समाचार

महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

काठमाडौँ । महानगर यातायात प्रा.लि.ले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी सोही आकार र प्रकारका बसहरू यात्रुलाई झुक्याउने गरी सोही रुटमा चलिरहेका कारण गम्भीर आपत्ति जनाएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा, कम्पनीका प्रतिनिधिहरूले यस्तो अनियमितताको विरोध गरेका हुन् । 

महानगर यातायात प्रा.लि.का अनुसार, नक्कली बसहरूले आफ्नो नाम र रङलाई नक्कल गर्दै यात्रुहरूलाई यात्रुहरूलाई भ्रमित पारिरहेका छन् । ति नक्कली बसहरुले गराएका दुर्घटनाका कारण महानगर यातायात बद्नाम हुन परेको महानगर यातायात प्रा.लि.का अध्यक्ष सन्तोष खतिवडाले बताए । 

CG

‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ र सामान फेला पर्दैन ।’, खतिवडाले भने, ‘नक्कली महानगरले यातायतको गाडीले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खबर गर्छन्, र महानगर यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्छ तर धेरै जसो केसमा त्यसरी दुर्घटना गराउने गाडी चिन्न नसक्दा न्याय पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा हामीले अनावश्यक झन्झट व्यहोरीरहेका छौँ ।’ उनले महानगरको नाममा २०० बढी गाडी काठमाडौँमा चलिरहेको दावी गरे । 

Mahanagar-yatayat-sanchalak-1750244970.jpg
यस विषयमा बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय र यातायात विभाग लगायतका निकायसँग निवेदन दिए पनि यकुनै कारबाही पहल नभएपछि पत्रकार सम्मेलन गरी जानकारी गराउनुपरेको अध्यक्ष खतिवडाले बताए । यस विषयमा कानुनी उपचार पनि खोजिने खतिवडाले जानकारी दिए ।

महानगर यातायात प्रा।लि।ले आगामी दिनमा यस्तो अनियमितता रोक्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै सशक्त कदम चाल्नका लागि माग गरेको छ।

महानगर यातायात प्रा.लि.ले ९ वर्षअघि सेवा सुरु गरेको थियो । सुरुवाती समयमा एकैपटक ३९ वटा सिटि बससहित सेवा सुरु गरेको महानगर यातायातले आगामी दिनमा यात्रुहरुको सहजताका लागि दर्जनबढी इभि बस सञ्चालनमा ल्याउन लागेको छ । साथै सेवा सुविधालाई पनि थप परस्कृत गर्दै लैजाने बताइएको छ । त्यसका साथै निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आइपिओ जारी गर्ने समेत तयारी गरेको छ । 

nakkali-mahanagar-1750245149.png
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।
निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप...
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी, डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै...