नेभिगेशन
समाज

महानगर यातायात सञ्चालकको गुनासोः ‘हाम्रो नाम र रङ कपी गरेर चलेका नक्कली महानगरका गाडीले हैरान पारे’

काठमाडौँ । महानगर यातायात प्रा.लि.ले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी सोही आकार र प्रकारका बसहरू यात्रुलाई झुक्याउने गरी सोही रुटमा चलिरहेका कारण गम्भीर आपत्ति जनाएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा, कम्पनीका प्रतिनिधिहरूले यस्तो अनियमितताको विरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगर यातायात प्रा.लि.का अनुसार, नक्कली बसहरूले आफ्नो नाम र रङलाई नक्कल गर्दै यात्रुहरूलाई यात्रुहरूलाई भ्रमित पारिरहेका छन् । ति नक्कली बसहरुले गराएका दुर्घटनाका कारण महानगर यातायात बद्नाम हुन परेको महानगर यातायात प्रा.लि.का अध्यक्ष सन्तोष खतिवडाले बताए । 

Ncell
Extreme Energy

‘बिडम्बना यतिसम्म छ कि यात्रुहरुले बसमा आफ्नो महत्वपूर्ण कागजात भएको झोला छुटाउँछन्, छुटेको झोला लिन महानगर यातायातको कार्यालयमा आउँदा उनीहरुले यात्रा गरेको बस नक्कली महानगर भएको थाहा हुन्छ र सामान फेला पर्दैन ।’, खतिवडाले भने, ‘नक्कली महानगरले यातायतको गाडीले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खबर गर्छन्, र महानगर यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्छ तर धेरै जसो केसमा त्यसरी दुर्घटना गराउने गाडी चिन्न नसक्दा न्याय पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा हामीले अनावश्यक झन्झट व्यहोरीरहेका छौँ ।’ उनले महानगरको नाममा २०० बढी गाडी काठमाडौँमा चलिरहेको दावी गरे । 

Mahanagar-yatayat-sanchalak-1750244970.jpg
यस विषयमा बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय र यातायात विभाग लगायतका निकायसँग निवेदन दिए पनि यकुनै कारबाही पहल नभएपछि पत्रकार सम्मेलन गरी जानकारी गराउनुपरेको अध्यक्ष खतिवडाले बताए । यस विषयमा कानुनी उपचार पनि खोजिने खतिवडाले जानकारी दिए ।

महानगर यातायात प्रा।लि।ले आगामी दिनमा यस्तो अनियमितता रोक्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै सशक्त कदम चाल्नका लागि माग गरेको छ।

महानगर यातायात प्रा.लि.ले ९ वर्षअघि सेवा सुरु गरेको थियो । सुरुवाती समयमा एकैपटक ३९ वटा सिटि बससहित सेवा सुरु गरेको महानगर यातायातले आगामी दिनमा यात्रुहरुको सहजताका लागि दर्जनबढी इभि बस सञ्चालनमा ल्याउन लागेको छ । साथै सेवा सुविधालाई पनि थप परस्कृत गर्दै लैजाने बताइएको छ । त्यसका साथै निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आइपिओ जारी गर्ने समेत तयारी गरेको छ । 

nakkali-mahanagar-1750245149.png
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरै