नेभिगेशन
समाज

६ ठाउँमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । 

प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए ।

उनका अनुसार अहिले सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीले महेन्द्र राजमार्ग अवरुद्ध बनाएको छ । सो क्षेत्रमा अहिले गाडीको लामो लाइन छ । यात्रुहरु अलपत्र छन् ।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध पारेको छ । यता डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध रहेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । 

एकतर्फी सञ्चालनमा रहेका सडक

धनकुटाका साँगुरीगढी गाउँपालिका–५ को रवि–राके–भेटेटार सडक एकतर्फी खुलाइएको छ । 

यस्तै काभ्रेको धुलिखेल नगरपालिका–११ बाँझोखेतमा बाढीले अवरुद्ध पारेको विपी राजमार्ग पनि एकतर्फी खुलाइएको छ । 

यस्तै चितवनको इच्छाकामना गाउँपालिकाको पाँच तुइन खोला र नाम्सी पुलमा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक पनि एकतर्फ खुलाइएको छ ।

गुल्मीको कालिगण्डकी गाउँपालिका ६ बर्लबामा पहिरो खस्दा अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलाइएको । 

जुम्लाको सिंजा गाउँपालिका–२ चुलेल गाउँमा पहिरो खुला अवरुद्ध जुम्ला–मुगु सडक एकतर्फी खुलाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुल्मीमा बिहीबारदेखि  सातामा चार पटक हवाई उडान सुरु

गुल्मीमा बिहीबारदेखि सातामा चार पटक हवाई उडान सुरु

नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो । अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा...
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि अनलाइन फारम भरे पुग्ने

राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि अनलाइन फारम भरे पुग्ने

यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् । नेपाल जेनजी फ्रन्टले फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय परिचय पत्रको आधारमा...
चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

पालिका स्तरका २४ सहित एक सय ५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सात को...
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने, “२९.६१ किमीमा दुईतर्फी (चार लेन)...