नेभिगेशन
समाज

पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात र विद्युतिय उपकरण बरामद

पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विभिन्न योजना, खरिद प्रक्रिया तथा कर्मचारी नियुक्तिमा अनियमितता र अवैध क्रियाकलापको आशंकामा अख्तियारको केन्द्रीय कार्यालयको टोलीले छापा मारेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका अनुसार पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन तथा योजनाको कार्यान्वयनमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा अनियमितता देखिएका कारण छापा मारिएको हो । 

Ncell
Extreme Energy

अनुसन्धानको सिलसिलामा आयोगको टोलीले नगरपालिकाका लेखा, योजना र प्रशासन शाखा एकैसाथ छापा मारेको हो । श्रोतका अनुसार अख्तियारको टोलीले उक्त कार्यालयबाट विभिन्न कागजातका साथै विद्युतिय उपकरणहरुसमेत बरामद गरेको छ । छानबिनका क्रममा आयोगले करारमा नियुक्त कर्मचारीहरूको प्रक्रिया, योजनाको मूल्यांकन, कामको प्रगति विवरण, भुक्तानी सम्बन्धी अभिलेख तथा बजेट विनियोजनसँग सम्बन्धित दस्तावेजहरू चेकजाँच गरिरहेको जनाइएको छ । 

साथै, अख्तियारले यसअघि पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई बहुदरमाई नगरपालिकासँग जोडिएको घुस प्रकरणमा पक्राउ गरिसकेको छ ।

स्थानीयले नगरपालिकामा लामो समयदेखि भ्रष्टाचार भएको गुनासो गर्दै आएका थिए । सोही क्रममा उनीहरुले आयोगमा उजुरी गरेपछि अख्तियारले छापा मारेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...