नेभिगेशन
समाज

पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात र विद्युतिय उपकरण बरामद

पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विभिन्न योजना, खरिद प्रक्रिया तथा कर्मचारी नियुक्तिमा अनियमितता र अवैध क्रियाकलापको आशंकामा अख्तियारको केन्द्रीय कार्यालयको टोलीले छापा मारेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका अनुसार पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, बजेट विनियोजन तथा योजनाको कार्यान्वयनमा कानुनविपरीत कार्य गरेको भन्ने उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा अनियमितता देखिएका कारण छापा मारिएको हो । 

Ncell
Extreme Energy

अनुसन्धानको सिलसिलामा आयोगको टोलीले नगरपालिकाका लेखा, योजना र प्रशासन शाखा एकैसाथ छापा मारेको हो । श्रोतका अनुसार अख्तियारको टोलीले उक्त कार्यालयबाट विभिन्न कागजातका साथै विद्युतिय उपकरणहरुसमेत बरामद गरेको छ । छानबिनका क्रममा आयोगले करारमा नियुक्त कर्मचारीहरूको प्रक्रिया, योजनाको मूल्यांकन, कामको प्रगति विवरण, भुक्तानी सम्बन्धी अभिलेख तथा बजेट विनियोजनसँग सम्बन्धित दस्तावेजहरू चेकजाँच गरिरहेको जनाइएको छ । 

साथै, अख्तियारले यसअघि पोखरियाकै निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई बहुदरमाई नगरपालिकासँग जोडिएको घुस प्रकरणमा पक्राउ गरिसकेको छ ।

स्थानीयले नगरपालिकामा लामो समयदेखि भ्रष्टाचार भएको गुनासो गर्दै आएका थिए । सोही क्रममा उनीहरुले आयोगमा उजुरी गरेपछि अख्तियारले छापा मारेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै