नेभिगेशन
समाज

तस्विरमा हेरौँ पटकपटक भत्काउँदै बनाउँदै गरेर निर्माण सम्पन्न गरिएको ग्वार्को ओभरपास

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्ततः सवारीचालकले प्रयोग गर्न पाउने समय आएको छ । तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

Ncell
Extreme Energy

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

हेरौँ निर्माणको विभिन्न चरण र विभिन्न समयमा खिचिएका तस्बिरहरू

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

आज बिहान करिब १० बजे भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक त्रिभुवनराजपथमा सडक भासिएको हो।
नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा सङ्ग्रहालय जोगाउनै मुस्किल

नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ ।
हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

हुप्सेकोटको घाँगीभीरमा किन निस्किरहेछ धुवाँको मुस्लो ?

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ ।