नेभिगेशन
सबै कुरा
भूकम्पको विध्वंस :

जाजरकोट र रुकुम पश्चिममा भूकम्पले गरेको विध्वंस (फोटो फिचर)

गयराती जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा जाजरकोटका ९८ जना र रुकुम पश्चिमका ३८ जना रहेका छन् । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ भने पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै भूकम्पमा परी घाइते हुनेको संख्या १५३ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरु सबैको सरकारले निःशुल्क उपचार गर्ने भएको छ  । 

भूकम्पले जाजरकोटका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा ठूलो क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका छन् ।  

त्यस्तै जिल्ला भित्रका अस्पतालमा उपचार गर्न समस्या भएपछि घाइतेको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमका जहाजलाई रुकुम केन्द्रित गर्न निर्देशन दिएको छ भने नेपाली सेनाका ३ हेलिकप्टर उद्धार, राहत र उपचार सामाग्री पुर्याउन तल्लिन छन् । 

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन् भने सडक र विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भएको छ । 

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

तस्विर : भुकम्पले जाजरकोटमा भत्किएका घर

जाजरकोटमा शुक्रबार राती आएको भुकम्पले बिसं १८२५ मा निर्माण भएको जाजरकोट दरबारमा पुर्‍याएको क्षती 

भुकम्पमा घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गरिँदै

रुकुम पश्चिममा भूकम्पले भत्किएको घर

घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेना







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

खुल्यो कृष्णभीरको सडक, चल्न थाले ग्यास बुलेट

भोलिदेखि दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ ।
नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।