नेभिगेशन
मुख्य समाचार

सवारीसाधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास  (ड्रोन भ्यू)

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका हुन् । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएको छ । 

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष–समानान्तररेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

CG

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै काम सकेको हो ।

gwarko-over-pass-10-1750500732.jpg

gwarko-over-pass-6-1750500731.jpg

gwarko-over-pass-5-1750500731.jpg

gwarko-over-pass-7-1750500731.jpg

gwarko-over-pass-8-1750500731.jpg

gwarko-over-pass-3-1750500730.jpg

gwarko-over-pass-4-1750500730.jpg

gwarko-over-pass-2-1750500729.jpg

gwarko-over-pass-9-1750500732.jpg

gwarko-over-pass-12-1750500733.jpg

gwarko-over-pass-11-1750500733.jpg

gwarko-over-pass-1750500734.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...