नेभिगेशन
मुख्य समाचार

ईरानमा हमला पछि राष्ट्रको नाममा तीन मिनेटको सम्बोधनमा राष्ट्रपति ट्रम्पले के-के भने ?

ईरानको न्युक्लियर साइटमा हमला पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गरे । करिब तीन मिनेट लामो सङ्क्षिप्त सम्बोधनमा उनले ईरानमाथिको आक्रमण सफल भएको भन्दै अमेरिकी सैन्य सफलताको तारिफ गरे ।

साथै उनले अमेरिकी आक्रमणबाट ईरानको आणविक साइटहरु ध्वस्त पारिएको भन्दै अझै इरानले शान्तिको बाटो नसमाते नतिजा झनै खराब हुने धम्कीसमेतको दिएका छन् । ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने,‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’

CG

उनले इरानले अब शान्तिको मार्ग रोज्नैपर्छ । यदि गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुने चेतावनी पनि दिए । उनले थपे, ‘हामीसँग अझ धेरै लक्ष्यहरू बाँकी छन् । यदि चाँडै शान्ति कायम भएन भने ती अन्य लक्ष्यहरूलाई पनि तीव्र, सटीक र दक्षताका साथ आक्रमण गरिनेछ ।’

अझै पनि ईरान नसुध्रिए अवस्था अझै भयावह हुने पनि चेतावनी दिए । ‘यो अवस्था अब चल्न सक्दैन,’ ट्रम्पले भने, ‘अब या त शान्ति हुनेछ, या इरानका लागि यस्तो विपत्ती आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएभन्दा पनि निकै भयावह हुनेछ ।’ 

राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धन्यवाद र बधाई पनि दिए । उनले भने,‘अमेरिका र इजरायल एउटै टोलीका रूपमा काम गरे, र इजरायलमाथिको यो भयावह खतरा हटाउने दिशामा धेरै टाढासम्म अगाडि बढेका छन् ।’ 

ट्रम्पले सम्बोधनको अन्त्यमा अमेरिकी सेनाका संयुक्त प्रमुख जनरल ड्यान केनले आइतबार बिहान ८ बजे ९स्थानीय समयअनुसार० पत्रकार सम्मेलन गर्ने पनि जानकारी दिए। यद्यपि यस अघि ट्रम्पले विदेशमा अमेरिकी सैन्य हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउँदै आएका थिए ।  उनले यो आक्रमणलाई आफूले पहिलो कार्यकालमा गराएको इरानी जनरल कासिम सुलेमानीको हत्या सरह मानिएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो...
रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

रास्वपाको ऐतिहासिक कदम: समानुपातिक उम्मेदवार छान्न सुरु भयो मतदान

मतदानका लागि खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर छुट्याएर उम्मेदवारहरु समेटिएका छन् । तीमध्ये ५७ जना महिला उम्मेदवार अनिवार्य गर्दै छ। मतदानका क्रममा हरेक...
सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

विश्वविख्यात समाचार च्यानल CNN को अन्तर्राष्ट्रिय संवाददाता रहिसकेकी उदासले अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेकी छिन्
राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका...

भर्खरै