नेभिगेशन
समाज

ईरानमा हमला पछि राष्ट्रको नाममा तीन मिनेटको सम्बोधनमा राष्ट्रपति ट्रम्पले के-के भने ?

ईरानको न्युक्लियर साइटमा हमला पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गरे । करिब तीन मिनेट लामो सङ्क्षिप्त सम्बोधनमा उनले ईरानमाथिको आक्रमण सफल भएको भन्दै अमेरिकी सैन्य सफलताको तारिफ गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले अमेरिकी आक्रमणबाट ईरानको आणविक साइटहरु ध्वस्त पारिएको भन्दै अझै इरानले शान्तिको बाटो नसमाते नतिजा झनै खराब हुने धम्कीसमेतको दिएका छन् । ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने,‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’

Ncell
Extreme Energy

उनले इरानले अब शान्तिको मार्ग रोज्नैपर्छ । यदि गरेन भने भविष्यमा हुने आक्रमणहरू अझ ठूलो र सजिलो हुने चेतावनी पनि दिए । उनले थपे, ‘हामीसँग अझ धेरै लक्ष्यहरू बाँकी छन् । यदि चाँडै शान्ति कायम भएन भने ती अन्य लक्ष्यहरूलाई पनि तीव्र, सटीक र दक्षताका साथ आक्रमण गरिनेछ ।’

अझै पनि ईरान नसुध्रिए अवस्था अझै भयावह हुने पनि चेतावनी दिए । ‘यो अवस्था अब चल्न सक्दैन,’ ट्रम्पले भने, ‘अब या त शान्ति हुनेछ, या इरानका लागि यस्तो विपत्ती आउनेछ जुन पछिल्ला आठ दिनमा देखिएभन्दा पनि निकै भयावह हुनेछ ।’ 

राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धन्यवाद र बधाई पनि दिए । उनले भने,‘अमेरिका र इजरायल एउटै टोलीका रूपमा काम गरे, र इजरायलमाथिको यो भयावह खतरा हटाउने दिशामा धेरै टाढासम्म अगाडि बढेका छन् ।’ 

ट्रम्पले सम्बोधनको अन्त्यमा अमेरिकी सेनाका संयुक्त प्रमुख जनरल ड्यान केनले आइतबार बिहान ८ बजे ९स्थानीय समयअनुसार० पत्रकार सम्मेलन गर्ने पनि जानकारी दिए। यद्यपि यस अघि ट्रम्पले विदेशमा अमेरिकी सैन्य हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउँदै आएका थिए ।  उनले यो आक्रमणलाई आफूले पहिलो कार्यकालमा गराएको इरानी जनरल कासिम सुलेमानीको हत्या सरह मानिएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...