नेभिगेशन
समाज

‘ईरानमाथि अमेरिकी आक्रमण विश्वकै लागि विनाशकारी परिणामको सुरुवात’ -संयुक्त राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा अमेरिकाको ईरानमाथिको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाद्वारा इरानमाथि गरिएको आक्रमणलाई खतरनाक तनाववृद्धि भन्दै यो आक्रमण विश्वकै लागि विनाशकारी परिणामको सुरुवात भएको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुटेरेसले खाडी क्षेत्रमा जारी द्वन्द्व चाँडै नियन्त्रणबाहिर जाने चेतावनी समेत दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘आज संयुक्त राज्य अमेरिकाद्वारा इरानमाथि गरिएको बल प्रयोगप्रति म गम्भीर रूपमा चिन्तित छु । यो आक्रमण तनावग्रस्त क्षेत्रमा खतरनाक स्तरको वृद्धि हो र यसले अन्तराष्ट्रिय शान्ति र सुरक्षामाथि प्रत्यक्ष खतरा निम्त्याउँछ ।’

Ncell
Extreme Energy

यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जाने खतरा बढ्दै गएको भन्दै भने ‘सर्वसाधारण, समग्र क्षेत्र र विश्वकै लागि विनाशकारी परिणाम ल्याउन सक्छ । म सदस्य राष्ट्रहरूलाई तनाव घटाउने र संयुक्त राष्ट्रसंघको चार्टर तथा अन्तराष्ट्रिय कानुनअनुसारको दायित्व निर्वाह गर्न आह्वान गर्दछु ।’ 

उनले एकमात्र आशा शान्ति भएको र त्यसका लागि कूटनीति नै जरुरी भएको भन्दै सैन्य बल नदेखाउन पनि आग्रह गरे । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...