नेभिगेशन
विदेशका कुरा

कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

एजेन्सी । कतारमा रहेको अमेरिकी सैन्य अखडामा ईरानले आक्रमण गरेको छ । केहीबेर अघि भएको आक्रमणको विस्तृत विवरण आइसकेको छैन् । अमेरिकाले ईरानको तीन न्युक्लियर केन्द्रमा आक्रमण गरेपछि क्रुद्ध बनेको ईरानले अमेरिका विरुद्ध कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, सोमबार साँझ एक्कासि र अप्रत्याशित रुपमा कतारमा रहेको अमेरिकी अखडामा ईरानले हवाई हमला गरेको हो । इरानले अमेरिकाले इरानी आणविक साइटहरूमा गरेको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अल उदीद एयर बेसमा रहेका अमेरिकी सैन्यमाथि आक्रमण गरेको जनाएको छ ।

Extreme Energy

अलजजिराले जनाए अनुसार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स (IRGC) ले सोमबार आधिकारिक रूपमा अल उदीद बेसलाई लक्षित गरी प्रतिआक्रमण स्वरूप मिसाइल प्रहार गरेको पुष्टि गरेको छ, इरानको तास्नीम समाचार एजेन्सीले भनेको छ । 

कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकमा रहेको अमेरिकी  सैन्य अखडामा आक्रमण भएको पुुष्टी गरेको छ । साथै उसले ईरानी हमलाको विरोध पनि गरेको छ । ईरानको हमलालाई आकासमै रोकिएको भन्दै कतारले यसको उपयुक्त र कानुनअनुसारको जवाफ ईरानलाई दिने पनि बताएको छ ।   

उता अमेरिकाको सैनिक मुख्यालय पेन्टागनले पनि कतारको अमेरिकी अखडामा आक्रमण भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणबाट कुनै क्षतिको विवरण नआएको पेन्टागनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकाका उच्च सैनिक अधिकारीहरूले घटनाको सुुक्ष्म विश्लेषण गरिरहेको पनि समाचारहरूमा जनाइएको छ । ईरानबाट हवाई हमला भएपछि कतारले आफ्नो एयर स्पेस बन्द गरेको छ भने अमेरिका  र बेलायती नागरिकलाई सुरक्षित स्थानमा रहन भनेको छ । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।
सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

मन्त्री रावलले सहकारी पीडितहरुको गुनासो सुनुवाइका लागि अदालत र प्रहरीमा छुट्टै डेक्स र बेन्च स्थापना गरिने बताइन् ।
सर्बियामा १४ वर्ष लामो सत्ता ढाल्दै भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनको विजय

सर्बियामा १४ वर्ष लामो सत्ता ढाल्दै भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनको विजय

सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ ।
थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

थप शक्तिशाली बन्दै ‘अर्नव’ चक्रवात, विपद् प्राधिकरणले जारी गर्‍यो रेड अलर्ट

नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै  हिमपात हुने सम्भावना...