नेभिगेशन
विदेशका कुरा

कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

एजेन्सी । कतारमा रहेको अमेरिकी सैन्य अखडामा ईरानले आक्रमण गरेको छ । केहीबेर अघि भएको आक्रमणको विस्तृत विवरण आइसकेको छैन् । अमेरिकाले ईरानको तीन न्युक्लियर केन्द्रमा आक्रमण गरेपछि क्रुद्ध बनेको ईरानले अमेरिका विरुद्ध कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, सोमबार साँझ एक्कासि र अप्रत्याशित रुपमा कतारमा रहेको अमेरिकी अखडामा ईरानले हवाई हमला गरेको हो । इरानले अमेरिकाले इरानी आणविक साइटहरूमा गरेको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अल उदीद एयर बेसमा रहेका अमेरिकी सैन्यमाथि आक्रमण गरेको जनाएको छ ।

Ncell
Extreme Energy

अलजजिराले जनाए अनुसार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स (IRGC) ले सोमबार आधिकारिक रूपमा अल उदीद बेसलाई लक्षित गरी प्रतिआक्रमण स्वरूप मिसाइल प्रहार गरेको पुष्टि गरेको छ, इरानको तास्नीम समाचार एजेन्सीले भनेको छ । 

कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकमा रहेको अमेरिकी  सैन्य अखडामा आक्रमण भएको पुुष्टी गरेको छ । साथै उसले ईरानी हमलाको विरोध पनि गरेको छ । ईरानको हमलालाई आकासमै रोकिएको भन्दै कतारले यसको उपयुक्त र कानुनअनुसारको जवाफ ईरानलाई दिने पनि बताएको छ ।   

उता अमेरिकाको सैनिक मुख्यालय पेन्टागनले पनि कतारको अमेरिकी अखडामा आक्रमण भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणबाट कुनै क्षतिको विवरण नआएको पेन्टागनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकाका उच्च सैनिक अधिकारीहरूले घटनाको सुुक्ष्म विश्लेषण गरिरहेको पनि समाचारहरूमा जनाइएको छ । ईरानबाट हवाई हमला भएपछि कतारले आफ्नो एयर स्पेस बन्द गरेको छ भने अमेरिका  र बेलायती नागरिकलाई सुरक्षित स्थानमा रहन भनेको छ । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...