नेभिगेशन
मुख्य समाचार

सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि राप्रपाका सांसदहरुले असहमति जनाएका हुन् ।

बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले बनाएको छानविन समितिले निष्पक्ष रुपमा काम गर्न नसक्ने र विधिको शासन स्थापीत गर्न नसक्ने बताए । भिजिट भिसा प्रकरणमा संलग्न रहेका मन्त्रीहरुलाई उन्मुक्ति दिनका लागि सरकारले नयाँ कदम चालेको भन्दै उनले यसका बिरुद्ध सदन र सडकबाट निरन्तर विरोध गर्ने बताए । सरकारले बनाएको छानविन समितिले पीडितलाई न्याय दिन नसक्ने उनको भनाइ छ । 

CG

उनले भने, 
‘भिजिट भिसा प्रकरणमा बेचिएका नागरिकहरु रास्वपा र राप्रपाका मात्रै हुन् त ? ति त कांग्रेससँग आस्था भएका पनि हुन्, एमालेसँग आस्था भएका पनि हुन्, माओवादीसँग आस्था भएका पनि हुन् । एक भाषामा भन्दाखेरी नेपाली नागरिक हुन् । ति नागरिकलाई बेच्ने जुन अपराध भयो । यो १८ वर्षमा १४ जना गृहमन्त्री भएका छन् । १४ जना गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामी निरन्तर आवाज उठाईरहेका छौँ । तर अहिले कस्तो भयो, दुधको साक्षी बिरालो । दुधको साक्षी बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त ? अहिले जसका विरुद्ध छानबिन गर्नुपर्ने हो उनीहरुले नै कर्मचारी राखेर जुन छानबिन समिति बनाए, त्यसले विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन । पहेँलो भन्दैमा पित्तल सुन हुनसक्छ ? कर्मचारीको उच्चस्तरीय छानबिन समिति हो भन्दैमा यो छानबिन समिति हुनसक्छ ? यो त निगाह प्राप्त गरेको, एकैछिनका लागि यो अपराधको कसरी छाकछोप गर्ने ? भिजिट भिसा प्रकरणमा मुछिएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको प्रोपोगान्डा हो । यो प्रोपोगान्डाको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी सदन र सडकमा आन्दोलन गर्छ ।

आफ्ना धारणा राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकले भिजिट भिसा प्रकरणको छानविन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।