नेभिगेशन
समाज

सरकारले बनाएको छानबिन समितिमा राप्रपा पनि असहमत, बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि सरकारले बनाएको समितिप्रति असहमति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले रमेश लेखकले सरकारले बनाएको छानविन समितिका बारे जानकारी गराएपछि राप्रपाका सांसदहरुले असहमति जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले बनाएको छानविन समितिले निष्पक्ष रुपमा काम गर्न नसक्ने र विधिको शासन स्थापीत गर्न नसक्ने बताए । भिजिट भिसा प्रकरणमा संलग्न रहेका मन्त्रीहरुलाई उन्मुक्ति दिनका लागि सरकारले नयाँ कदम चालेको भन्दै उनले यसका बिरुद्ध सदन र सडकबाट निरन्तर विरोध गर्ने बताए । सरकारले बनाएको छानविन समितिले पीडितलाई न्याय दिन नसक्ने उनको भनाइ छ । 

Ncell
Extreme Energy

उनले भने, 
‘भिजिट भिसा प्रकरणमा बेचिएका नागरिकहरु रास्वपा र राप्रपाका मात्रै हुन् त ? ति त कांग्रेससँग आस्था भएका पनि हुन्, एमालेसँग आस्था भएका पनि हुन्, माओवादीसँग आस्था भएका पनि हुन् । एक भाषामा भन्दाखेरी नेपाली नागरिक हुन् । ति नागरिकलाई बेच्ने जुन अपराध भयो । यो १८ वर्षमा १४ जना गृहमन्त्री भएका छन् । १४ जना गृहमन्त्रीलाई अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामी निरन्तर आवाज उठाईरहेका छौँ । तर अहिले कस्तो भयो, दुधको साक्षी बिरालो । दुधको साक्षी बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त ? अहिले जसका विरुद्ध छानबिन गर्नुपर्ने हो उनीहरुले नै कर्मचारी राखेर जुन छानबिन समिति बनाए, त्यसले विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन । पहेँलो भन्दैमा पित्तल सुन हुनसक्छ ? कर्मचारीको उच्चस्तरीय छानबिन समिति हो भन्दैमा यो छानबिन समिति हुनसक्छ ? यो त निगाह प्राप्त गरेको, एकैछिनका लागि यो अपराधको कसरी छाकछोप गर्ने ? भिजिट भिसा प्रकरणमा मुछिएका १४ जना गृहमन्त्रीहरुलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको प्रोपोगान्डा हो । यो प्रोपोगान्डाको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी सदन र सडकमा आन्दोलन गर्छ ।

आफ्ना धारणा राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका छन् । मन्त्रीपरिषद्को सोमबारको बैठकले भिजिट भिसा प्रकरणको छानविन गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गुण्डुबाट बल्थलीमा फोन, ओलीले बादललाई भने–विशेष महाधिवेशन कुनै हालतमा स्वीकार नगर्नू

गुण्डुबाट बल्थलीमा फोन, ओलीले बादललाई भने–विशेष महाधिवेशन कुनै हालतमा स्वीकार नगर्नू

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ। कार्यदलको बैठक अहिले काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा बसिरहेको छ।
भोटेकोशी बाढी प्रभावितलाई सरकारले नयाँ घर बनाइदिने

भोटेकोशी बाढी प्रभावितलाई सरकारले नयाँ घर बनाइदिने

सरकारले भोटेकोशी बाढी प्रभावितको अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाका लागि विशेष राहत तथा पुनर्वास योजना अघि बढाएको छ ।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

घरको आँगनमै भएको चापाकलमा पानी आउन छाडेपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीय खानेपानीको संकटमा परेका छन्। करिब दुई सय घरपरिवार छिमेकीको एउटै समरसेवल (सबमर्सिबल पम्प) मा लाइन बसेर...