नेभिगेशन
समाज

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किसानका खेतसम्म पर्याप्त पानी पुर्‍याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ ।

Marvel
Extreme Energy

विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइमार्फत पानी उपलब्ध गराइएको छ । 
    
त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुर्‍याइरहेको छ ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर धानबालीका लागि निरन्तर सञ्चालनमा रहेका छन् । बाली लगाउने र उत्पादन गर्ने समयमा किसानलाई पानीको अभाव हुन नदिन निर्माण तथा मर्मतसम्भारका काम बाली भित्र्याएपछि गर्नेगरी कार्यतालिका मिलाइएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार धानबालीको सिजनमा किसानलाई नियमित पानी उपलब्ध गराउनु विभागको प्राथमिकतामा छ । सोहीअनुसार नहर सञ्चालनलाई निरन्तरता दिँदै निर्माणका कामलाई अनुकूल समयमा अघि बढाउने व्यवस्था गरिएको छ ।

यसैबीच, पछिल्लो समय विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको छ । पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा तीन हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको महानिर्देशक रजौरियाले जानकारी दिए ।

त्यस्तै, सिक्टा र बबई सिँचाइ आयोजनासहित गत भदौ मसान्तसम्म मुलुकभर करिब २०० हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा विस्तार भएको विभागले जनाएको छ । सिँचाइ प्रणालीको विस्तार र सञ्चालनले कृषि उत्पादन वृद्धि तथा किसानलाई खेतीपातीमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथा हिमालको फेद फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएका छन् ।
अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आधिकारिक रूपमा आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।
न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश र विचौलियाको कनेक्सनले नेपालको राजनीति तरंगित भएका बेला प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।