नेभिगेशन
समाज

दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम २६ प्रतिशत पूरा

कञ्चनपुर । हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ । करिब रु दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह  निर्माण हुने भएको हो । 

Marvel
Extreme Energy

बन्दरगाहको निर्माण २४ डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए । उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे ।   

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

नेपालतर्फ सुक्खा बन्दरगाह सम्मको छ लेनको पहुच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारततर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निमार्ण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, भारतले पठाउँदैछ प्रतिनिधि

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, भारतले पठाउँदैछ प्रतिनिधि

भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न

कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न

वित्तीय सङ्घीयताको कार्यान्वयन, बजेट सुशासन, चुस्त प्रशासन, अन्तर प्रदेश सहकार्य र सङ्घीयता सुदृढीकरणका लागि १९ बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सम्पन्न...