नेभिगेशन
समाज

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, भारतले पठाउँदैछ प्रतिनिधि

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि मिश्री बुधबार काठमाडौँ आउन लागेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारी छ ।

Marvel
Extreme Energy

भ्रमणका एजेण्डामा साझा धारणा बनाउन मिश्री आउन लागेको हुन् ।

मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मैत्रीपूर्ण निमन्त्रणामा बोलाएका हुन् । 

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले भारतका विदेश सचिव मिश्रीग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ ।

भ्रमणका क्रममा भारतका विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ । उनले प्रधानमन्त्री शाहलाई पनि भेट्नेछन् । 

विदेश सचिव मिश्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली फर्किनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम २६ प्रतिशत पूरा

दोधारा चाँदनी सुक्खा बन्दरगाहको काम २६ प्रतिशत पूरा

हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ ।
कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न

कर्णालीमा ‘१९बुँदे साझा प्रतिबद्धता’ जारी गर्दै आर्थिक मामिला परिषद् बैठक सम्पन्न

वित्तीय सङ्घीयताको कार्यान्वयन, बजेट सुशासन, चुस्त प्रशासन, अन्तर प्रदेश सहकार्य र सङ्घीयता सुदृढीकरणका लागि १९ बुँदे साझा प्रतिबद्धता पत्र जारी गर्दै कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सम्पन्न...