नेभिगेशन
समाज

अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

सिड्नी । अष्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले सोमबार आधिकारिक रूपमा आफ्नो १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रसिद्ध पोडकास्ट 'द फाइनल वर्ड' मा कुरा गर्दै उनले आफ्नो सन्यासको निर्णय बारे जानकारी गराएका छन् । उनले सन् २०२६ को टी-२० विश्वकपपछि नै टिम व्यवस्थापनसँग भविष्यको योजनाबारे छलफल चलिरहेको बताए । सन्यासको घोषणा गर्दै उनले भने, 'म मेरो देशको प्रतिनिधित्व गर्न पाउनुलाई ठूलो सौभाग्य मान्छु र यस दौरान मिलेको समयका लागि अत्यधिक आभारी छु ।'

Marvel
Extreme Energy

गत वर्ष जुन २०२५ मै एकदिवसीय क्रिकेटलाई अलविदा भनिसकेका म्याक्सवेल त्यसयता अष्ट्रेलियाका लागि केवल टी-२० फर्मेटमा मात्रै खेल्दै आएका थिए । यस वर्षको सुरुआतमै सम्पन्न टी-२० विश्वकपको दौरान ओमानविरुद्ध खेलिएको म्याच नै उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न पुग्यो, जसमा उनले बलिङतर्फ दुई विकेट हात पारेका थिए ।

म्याक्सवेलको करियर

म्याक्सवेलले अष्ट्रेलियाका लागि ७ टेस्ट, १४९ एकदिवसीय र १३० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आफ्नो १४ वर्षको लामो करियरमा उनले कुल १० अन्तर्राष्ट्रिय शतक र १३६ विकेट आफ्नो नाममा लेखाए ।

मैदानको चारै दिशामा शट खेल्ने क्षमताका कारण 'द बिग शो' उपनामले चिनिने म्याक्सवेलले सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध शारीरिक पीडा (क्राम्प) का बाबजुद प्रहार गरेको २०१ रनको ऐतिहासिक अविजित पारीलाई क्रिकेट इतिहासकै उत्कृष्ट पारी मानिन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिरिए पनि म्याक्सवेलले विश्वभरका फ्रेन्चाइज टी-२० लिगहरूमा भने आफ्नो खेल प्रस्तुति निरन्तर राख्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथाको फेदमा दुई हेलिकप्टर ठोक्किए

सगरमाथा हिमालको फेद फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएका छन् ।
न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश विचौलिया कनेक्सन : कानुन समितिको बैठक बस्दै, बोलाइयो कानुनमन्त्री

न्यायाधीश र विचौलियाको कनेक्सनले नेपालको राजनीति तरंगित भएका बेला प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् ।
निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

निर्वाचन आयोग किन पुग्यो कांग्रेस ?

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।