नेभिगेशन
समाज

कटारी नगरपालिकाले ल्यायो  ८७ करोड बढीको बजेट

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८७ करोड ६५  लाख ३ हजार  ४ सय ३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको १५ औं नगरसभामा उप प्रमुख गीता खड्काले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै जनताको अपेक्षा समेट्ने खालको विकासमुखी बजेट रहेको बताए । 

CG

बजेट अनुसार राजस्व बाँडफाँड संघ तर्फ १८ करोड २२ लाख ६८ हजार ४ सय ३९ रुपैयाँ र प्रदेश तर्फ १ करोड ४९ लाख २४ हजार ,वित्तीय समानीकरण अनुदान संघ तर्फ १२ करोड ४३ लाख ,प्रदेश तर्फ १ करोड १ लाख ७६ हजार ,सशर्त अनुदान संघ तर्फ ४३ करोड ८२ लाख प्रदेश तर्फ ४९ लाख ६६ हजार समपूरक अनुदान संघ तर्फ ५५ लाख ,प्रदेश तर्फ १ करोड १५ लाख बजेट अनुमान गरिएको छ। 

नगरपालिकाले कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र स्वरोजगारमुखी कार्यक्रम ल्याएको छ । कृषकलाई सहज बनाउन कृषि तथा पशुपन्छी क्षेत्रमा  कृषकको नजिक गई सेवा प्रवाह गर्नको लागि प्रत्येक वडामा प्राविधिक खटाउने व्यवस्था मिलाउने, रैथाने बालीको संरक्षण गरिने र उत्पादनको सञ्जाल विस्तार गरिने बताइएको छ ।

त्यसैगरी नगर भित्रका समुदायिक विद्यालयका कक्षा ११ र १२ मा निःशुल्क विज्ञान संकाय अध्ययनका लागि अनुदान दिने कार्य लाई निरन्तरता दिने, अङ्ग्रेजी माध्यम बाट पढाइ हुने विद्यालय लाई दिँदै आएको अनुदानलाई निरन्तरता दिने, जेष्ठ नागरिक लाई स्वास्थ सेवा घरदैलोमा सेवा प्रदान गर्ने , नगरपालिकाको माथिल्लो भेगका नागरिक लाई स्वास्थ सेवा सहज बनाउन गहुबारी बर्थिङ सेन्टर लाई नगर अस्पताल रूपमा विस्तार तथा स्तर उन्नती गर्ने, कृषि एम्बुलेन्स जस्ता कार्यक्रम यो पटक प्राथमिकतामा रहेको नगर प्रमुख राजेशचन्द्र  श्रेष्ठले बताए । लैंगिक सशक्तीकरण तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा दलित सम्बन्धी ऐनलाई आगामी आर्थिक वर्षमा पारित गरी कार्यान्वन गर्ने नगरपालिकाको नीति रहेको प्रमुख प्रशासकिय अधिकृत राजन थापाले बताए।

नगरपालिकाले पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिइएको जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

डोल्पाको काइगाउँमा भारी हिमपात, जनजीवन प्रभावित

लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन्।