नेभिगेशन
समाज

समयमै काम नसक्दा हिलाम्मे सडकमा यात्रा गर्न बाध्य जनता (तस्बिरहरु)

काठमाडौँ । नेपालमा कुनै पनि आयोजना समय सीमाभित्र सक्नु आश्चर्य जस्तै हुन्छ । कुनै पनि गौरवको आयोजना होस् या स्थानीय सरकारको सानातिना आयोजना समय भित्र नसक्नु यो नेपालको पुरानै रोग हो, यस्ता रोगले नेता तथा कार्यकर्ता र निर्माण व्यवसायी मोटाउने र जनताले सास्ती भोग्नु पर्ने परम्परा नै भएको छ । 

अहिले काठमाडौँ महानगरपालिका वडा १६ र २६ का स्थानीयहरू यस्तै सास्ती भोग्न बाध्य भएका छन् । कामपा वडा नं १६ निर्मल लामा मार्गको अमृत स्कुल अगाडिको सडक वर्षौँ बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

CG

सडक हिलाम्मे भएपछि स्थानीयहरू मिलेर वडा कार्यालयमा दबाब दिएपछि भने अहिले ग्राबेलिङको काम सुरु गरिएको छ । यता वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको अवस्था पनि अहिले हिलाम्मे भएको छ । माघ महिनादेखि सो सडकमा ढल व्यवस्थापनको काम सुरु गरी जेठमा ढल व्यवस्थापनको काम सकिए पनि बाँकी काम भने अगाडि बढ्न सकेको छैन । सो सडक प्रयोग गरी स्कुल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुई पाङ्ग्रे सवारी साधन र स्थानीयहरूले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ । 

Mhepi_Road-11-1750833680.jpg

Mhepi_Road-12-1750833680.jpg

Mhepi_Road-13-1750833680.jpg

Mhepi_Road-7-1750833679.jpg

Mhepi_Road-8-1750833679.jpg

Mhepi_Road-9-1750833679.jpg

Mhepi_Road-3-1750833677.jpg

Mhepi_Road-4-1750833677.jpg

Mhepi_Road-10-1750833679.jpg

Mhepi_Road-5-1750833678.jpg

Mhepi_Road-2-1750833670.jpg

Mhepi_Road-1-1750833670.jpg

Mhepi_Road-3-1750833670.jpg

Mhepi_Road-4-1750833670.jpg

Mhepi_Road-4-1750833670.jpg

Mhepi_Road-4-1750833670.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हात्ती सुन्दरी प्रतियोगिताः ४० वर्षकी पुनमकली भइन् प्रथम (तस्बिरहरु)

हात्ती सुन्दरी प्रतियोगिताः ४० वर्षकी पुनमकली भइन् प्रथम (तस्बिरहरु)

हात्ती सुन्दरी प्रतियोगितामा ४० वर्षकी पुनम कली २५० अंक ल्याएर प्रथम भएकी छन् । चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आज दोस्रो दिन हात्ती सुन्दरी प्रतियोगिता...
तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

तराई–मधेस द्रुतमार्गकाे लेनडाँडामा निर्माणाधीन नेपालकै अग्लो भूकम्प प्रतिरोधी पुल  (तस्विरहरु)

पुल सम्पन्न भएपछि करिब ८१ मिटर उचाइको हुने नेपाली सेनाको लेनडाँडा बेस क्याम्पका कार्यालय प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको ७१.५ किलोमिटर लामो...
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...