नेभिगेशन
समाज

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ । संघीय निजामती सेवा सम्बन्धी विधेयक आइतबार प्रतिनिधि सभाबाट पारित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमतले विधेयक अनुमोदन गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विधेयकमाथिको छलफलमा विभिन्न दलका सांसदहरूले धारणा राखेका थिए। मन्त्री गुप्ताले विधेयक नेपालको संविधान २०७२ को भावना अनुरूप आएको भन्दै यसको कार्यान्वयनले प्रशासनिक संघीयता संस्थागत हुने विश्वास व्यक्त गरे।

Ncell
Extreme Energy

विधेयक अनुसार प्रदेशका प्रमुख सचिव संघीय सेवाबाट हुनेछन् भने प्रदेश सचिव तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेश निजामती सेवाका हुने व्यवस्था गरिएको छ। प्रदेश सचिवको अभावमा संघीय सेवाबाट १० वर्षसम्म खटाउन सकिने व्यवस्था छ।

कर्मचारी ट्रेड युनियन जस्ताको तस्तै रहनेछ। साथै, संघीय सेवाबाट अवकाश पाएका व्यक्तिहरूलाई दुई वर्षसम्म संवैधानिक पदमा नियुक्ति दिन नपाइने कुलिङ पिरियडको व्यवस्था पनि विधेयकमा समेटिएको छ। यस प्रावधानप्रति केही उच्चपदस्थ कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।

अब विधेयक राष्ट्रिय सभामा पठाइनेछ। त्यहाँबाट पारित भइसकेपछि पुनः प्रतिनिधि सभामा फर्काइनेछ र अन्ततः राष्ट्रपति समक्ष पुगेपछि विधेयक कानुनका रूपमा कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै