नेभिगेशन
मुख्य समाचार

अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको ठोरी गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित होटलहरूमा भइरहेको यौन व्यवसाय विरुद्ध स्थानीय महिलाहरू स्वयं संगठित भएर प्रतिवादमा उत्रिएका छन् । 
प्रहरी प्रशासनले चासो नदिएको गुनासो गर्दै महिलाहरूले आफ्नै पहलमा होटलहरूमा भइरहेको अवैध यौन धन्दाविरुद्ध प्रतिवाद गरेका छन् ।

वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतको बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर पारिरहेको र महिलाहरूको सुरक्षामा समेत चुनौती थपिएको भन्दै महिलाहरूलाई लखेटेको हो । 

CG

ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा लामो समयदेखि सञ्चालनमा रहेको यौन व्यवसायको खुला रूपमा विरोध गर्दै, सो कार्यमा संलग्न पुरुषहरूलाई पिटेर लखेटेका छन् । महिलाहरूले प्रहरीलाई पटक–पटक उजुरी दिँदा पनि कुनै ठोस कदम नचालिएको भन्दै आफै लखेटेका छन् ।

आक्रोशित महिलाहरूको टोलीले ईलाका प्रहरी कार्यालय, ठोरीमा पुगेर सामूहिक उजुरी समेत दर्ता गरेका थिए, तर कुनै कारबाही नभएपछि उनीहरू स्वयं संगठित भएर गलत कार्यमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न अग्रसर भएको आठघरे महिला समूहकी एक सदस्य बताएकी छन् ।
उनका अनुसार “हाम्रो गाउँमा यस्तो गलत कामले छोरीचेली र समुदायको इज्जत मै धक्का पुगेको छ। प्रहरी प्रशासन मौन बसिरहँदा हामीले आफैं त्यस्ता व्यक्तिहरूलाई लखेट्नु परेको हो ।”

यस्तो व्यवसायले गाउँको सामाजिक संरचना, सुरक्षा र सामाजिक वातावरणमा गम्भीर असर पर्छ । यस्ता अवैध गतिविधिमाथि पूर्ण रूपमा रोक लगाउन प्रहरी प्रशासनसँग उनिहरूले पुनः माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५...
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरेकी हुन...
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक...