नेभिगेशन
समाज

अवैध यौन धन्दा प्रहरीले नरोकेपछि महिला समूहको हस्तक्षेप, संलग्नलाई कुट्दै लखेटे

भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको ठोरी गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित होटलहरूमा भइरहेको यौन व्यवसाय विरुद्ध स्थानीय महिलाहरू स्वयं संगठित भएर प्रतिवादमा उत्रिएका छन् । 
प्रहरी प्रशासनले चासो नदिएको गुनासो गर्दै महिलाहरूले आफ्नै पहलमा होटलहरूमा भइरहेको अवैध यौन धन्दाविरुद्ध प्रतिवाद गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतको बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर पारिरहेको र महिलाहरूको सुरक्षामा समेत चुनौती थपिएको भन्दै महिलाहरूलाई लखेटेको हो । 

Ncell
Extreme Energy

ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा लामो समयदेखि सञ्चालनमा रहेको यौन व्यवसायको खुला रूपमा विरोध गर्दै, सो कार्यमा संलग्न पुरुषहरूलाई पिटेर लखेटेका छन् । महिलाहरूले प्रहरीलाई पटक–पटक उजुरी दिँदा पनि कुनै ठोस कदम नचालिएको भन्दै आफै लखेटेका छन् ।

आक्रोशित महिलाहरूको टोलीले ईलाका प्रहरी कार्यालय, ठोरीमा पुगेर सामूहिक उजुरी समेत दर्ता गरेका थिए, तर कुनै कारबाही नभएपछि उनीहरू स्वयं संगठित भएर गलत कार्यमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न अग्रसर भएको आठघरे महिला समूहकी एक सदस्य बताएकी छन् ।
उनका अनुसार “हाम्रो गाउँमा यस्तो गलत कामले छोरीचेली र समुदायको इज्जत मै धक्का पुगेको छ। प्रहरी प्रशासन मौन बसिरहँदा हामीले आफैं त्यस्ता व्यक्तिहरूलाई लखेट्नु परेको हो ।”

यस्तो व्यवसायले गाउँको सामाजिक संरचना, सुरक्षा र सामाजिक वातावरणमा गम्भीर असर पर्छ । यस्ता अवैध गतिविधिमाथि पूर्ण रूपमा रोक लगाउन प्रहरी प्रशासनसँग उनिहरूले पुनः माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...
किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

किशोर श्रेष्ठविरुद्ध उपसभामुख रुवी कुमारीले दिइन् जाहेरी

जाहेरीमा उपसभामुख ठाकुरले किशोर श्रेष्ठ सम्पादक तथा सञ्चालक रहेको सामाजिक सञ्जाल फेसबुक पेज जनआस्थामा आफ्नो मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय...
करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

करदाता प्रोत्साहन पुरस्कारः पहिलो बम्पर उपहार विजेता जोशी र एक लाख विजेता अर्याललाई अर्थमन्त्रीद्वारा पुरस्कार रकम हस्तान्तरण

साउनको पहिलो पाक्षिकको १० लाख रुपैयाँको बम्पर उपहार धनगढीका हेमराज जोशीले जितेका थिए । २५० रुपैयाँको बिजुलीको बल्ब किन्दा उनलाई १० लाख राशिको उपहार परेको थियो ।
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले परामादेश जारी गरेको हो ।

भर्खरै