नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमै फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वराष्ट्रप्रमुखको हैसियतमा पाइने विशेष सुविधा सक्रिय राजनीतिसँग मेल नखाने भन्दै उनले सो सुविधा फिर्ता गर्न गृह मन्त्रालयलाई पत्र पठाउने भएकी हुन्। निकट स्रोतका अनुसार आगामी १ साउनदेखि सेवा–सुविधा स्थगित गर्न माग गर्दै औपचारिक प्रक्रिया सुरु गर्न लागिएको हो।

Ncell
Extreme Energy

स्रोतले भन्यो, “उहाँलाई धेरैले मञ्चबाटै सेवा–सुविधा त्यागको घोषणा गर्न सुझाव दिएका थिए। तर प्रचारमुखी देखिन नचाहने उहाँले सस्तो स्टन्टबाजी नगरी सरकारी संयन्त्रमार्फत फिर्ता गर्ने निर्णय लिनुभएको हो।”

हाल भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका दुई स्वकीय सचिव, कार्यालय सहयोगी, सुरक्षाकर्मी र मासिक २०७ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ। सुरक्षाकर्मीका लागि छुट्टै घर भाडामा लिएर बसोबासको व्यवस्था गरिएको छ।

भण्डारीका स्वकीय सचिवमा पूर्वस्ववियु नेता राजकुमार राई कार्यरत छन्। यद्यपि उनले शीतल निवासबाट सरेयता सरकारले दिने निवास भत्ता, तलब तथा अन्य व्यक्तिगत खर्चहरू नलिएको स्रोत बताउँछ।

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन भण्डारी जयन्तीका अवसरमा एमाले सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन्। सोसँगै पूर्वराष्ट्रप्रमुखको सुविधामाथि प्रश्न उठ्दै आएको थियो।

अब सेवा–सुविधा फिर्ता गर्ने तयारीसँगै उनले सक्रिय राजनीतिमा पाएको भूमिकालाई नैतिक रूपले पुष्टि गर्न खोजेकी देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै