नेभिगेशन
समाज

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी

काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमै फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्।

पूर्वराष्ट्रप्रमुखको हैसियतमा पाइने विशेष सुविधा सक्रिय राजनीतिसँग मेल नखाने भन्दै उनले सो सुविधा फिर्ता गर्न गृह मन्त्रालयलाई पत्र पठाउने भएकी हुन्। निकट स्रोतका अनुसार आगामी १ साउनदेखि सेवा–सुविधा स्थगित गर्न माग गर्दै औपचारिक प्रक्रिया सुरु गर्न लागिएको हो।

CG

स्रोतले भन्यो, “उहाँलाई धेरैले मञ्चबाटै सेवा–सुविधा त्यागको घोषणा गर्न सुझाव दिएका थिए। तर प्रचारमुखी देखिन नचाहने उहाँले सस्तो स्टन्टबाजी नगरी सरकारी संयन्त्रमार्फत फिर्ता गर्ने निर्णय लिनुभएको हो।”

हाल भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका दुई स्वकीय सचिव, कार्यालय सहयोगी, सुरक्षाकर्मी र मासिक २०७ लिटर पेट्रोल उपलब्ध गराउँदै आएको छ। सुरक्षाकर्मीका लागि छुट्टै घर भाडामा लिएर बसोबासको व्यवस्था गरिएको छ।

भण्डारीका स्वकीय सचिवमा पूर्वस्ववियु नेता राजकुमार राई कार्यरत छन्। यद्यपि उनले शीतल निवासबाट सरेयता सरकारले दिने निवास भत्ता, तलब तथा अन्य व्यक्तिगत खर्चहरू नलिएको स्रोत बताउँछ।

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन भण्डारी जयन्तीका अवसरमा एमाले सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन्। सोसँगै पूर्वराष्ट्रप्रमुखको सुविधामाथि प्रश्न उठ्दै आएको थियो।

अब सेवा–सुविधा फिर्ता गर्ने तयारीसँगै उनले सक्रिय राजनीतिमा पाएको भूमिकालाई नैतिक रूपले पुष्टि गर्न खोजेकी देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै