नेभिगेशन
समाज

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौंको ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू हस्ताक्षर संकलन अभियानमा सञ्चालन गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहानदेखि सुरु भएको उक्त अभियानमा दर्जनौँ पर्यटन व्यवसायी, होटल सञ्चालक, रेष्टुराँ तथा ट्राभल एजेन्सी प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। उनीहरूले लामिछानेमाथि राज्य संयन्त्र प्रयोग गरेर गरिएको बदनियतपूर्ण दमनविरुद्ध आवाज उठाउनुपर्ने माग राखेका छन्।

Ncell
Extreme Energy

ठमेलका पर्यटन व्यवसायी सङ्घका एक सदस्यले भने, “रवि लामिछानेजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने, भ्रष्टाचारविरुद्ध खुलेर बोलेका नेतामाथि अहिले जुन शैलीमा प्रतिशोध साँधिएको छ, त्यो अस्वीकार्य छ। हामी पर्यटन व्यवसायीहरू यसमा चुप लागेर बस्न सक्दैनौं।”

त्यस्तै लामिछानेले सधैं पर्यटन क्षेत्रको प्रवर्द्धन, वैदेशिक लगानी र सुशासनका पक्षमा आवाज उठाउँदै आएका कारण उनीलाई समस्यामा पार्दा आफूहरु हेरेर बस्न नसक्ने बताए । “हामी तटस्थ क्षेत्र हौं, तर अन्याय हेरेर बस्न सक्दैनौं,” हस्ताक्षर अभियानमा सहभागी एक होटल व्यवसायीले भने।

व्यवसायीहरूले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणजस्ता अनुचित मुद्दा लगाइनु नै  नियोजित प्रतिशोधको हिस्सा भएको बताएका छन् । उक्त प्रतिशोधको विरोधमा आफूहरुको रहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

भर्खरै