नेभिगेशन
समाज

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ठमेलका पर्यटन व्यवसायीले गरे हस्ताक्षर संकलन

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौंको ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरू हस्ताक्षर संकलन अभियानमा सञ्चालन गरेका छन्।

सोमबार बिहानदेखि सुरु भएको उक्त अभियानमा दर्जनौँ पर्यटन व्यवसायी, होटल सञ्चालक, रेष्टुराँ तथा ट्राभल एजेन्सी प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। उनीहरूले लामिछानेमाथि राज्य संयन्त्र प्रयोग गरेर गरिएको बदनियतपूर्ण दमनविरुद्ध आवाज उठाउनुपर्ने माग राखेका छन्।

CG

ठमेलका पर्यटन व्यवसायी सङ्घका एक सदस्यले भने, “रवि लामिछानेजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने, भ्रष्टाचारविरुद्ध खुलेर बोलेका नेतामाथि अहिले जुन शैलीमा प्रतिशोध साँधिएको छ, त्यो अस्वीकार्य छ। हामी पर्यटन व्यवसायीहरू यसमा चुप लागेर बस्न सक्दैनौं।”

त्यस्तै लामिछानेले सधैं पर्यटन क्षेत्रको प्रवर्द्धन, वैदेशिक लगानी र सुशासनका पक्षमा आवाज उठाउँदै आएका कारण उनीलाई समस्यामा पार्दा आफूहरु हेरेर बस्न नसक्ने बताए । “हामी तटस्थ क्षेत्र हौं, तर अन्याय हेरेर बस्न सक्दैनौं,” हस्ताक्षर अभियानमा सहभागी एक होटल व्यवसायीले भने।

व्यवसायीहरूले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरणजस्ता अनुचित मुद्दा लगाइनु नै  नियोजित प्रतिशोधको हिस्सा भएको बताएका छन् । उक्त प्रतिशोधको विरोधमा आफूहरुको रहेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...

भर्खरै